स्याङ्जामा झण्डै १५ हजारले लिए राहदानी, सेवा प्रवाहमा ईलाका प्रशासन वालिङ अगाडि
खगीन्द्र पौडेल/वालिङ :
गएको एक बर्षमा स्याङ्जामा झण्डै १५ हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको विवरण अनुशार गएको आर्थिक वषमा १४ हजार सात सय ८१ जनाले राहदानी लिएकाछन् ।
आर्थिक वर्ष २०७९÷०८० मा कूल १५ हजार छ सय ८७ वटा सिफारिस गरिएकोमा १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । यसमध्ये द्रुत सिफारिसमा दुई सय ४३ रहेको छ ।
जस मध्ये इलाका प्रशासन कार्यालय वालिङबाट मात्र नौं हजार छ सय ९७ रहेका छन् भने जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार नौं सय ९० को सिफारिस गरिएको छ । जिल्ला प्रशासन भन्दा इलाका प्रशासन वालिङबाट तीन हजार सात सय सात बढि सिफारिस रहेको छ ।
यसैगरी जिल्लामा आठ हजार आठ सय ६२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका छन् । यसका साथै आठ हजार नौं सय ७९ वटा प्रतिलिपी तथा शंसोधित नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १० जनाले भने वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । नागरिकता प्रमाणपत्र पनि इलाका प्रशासन कार्यालय वालिङबाट नै धेरै वितरण भएका छन् । कूल १७ हजार ८ सय ५१ नागरिकता वितरण गरिएकामा १० हजार एक सय ५३ वटा वालिङबाट वितरण गरिएको प्रशासन प्रमुख घनश्याम गौतमले जानकारी दिनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्रको लागि करिव ४ हजार जनाको फोटो खिचिएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट १२ हजार ५ सय १० जनाले फोटो खिचाएका छन् ।

समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


