स्याङ्जाका नेवार समुदायले मनाए गाठेमंगल जात्रा
स्याङ्जा :
स्याङ्जाका नेवार समुदायले शनिवार गाठेमंगल जात्रा मनाएका छन्। पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित झिगु प्रगती नेवा छे को सक्रियतामा गाठेमंगल जात्रा प्रर्दशनी गरिएको हो ।
यहाँका नेवार समुदायले घर तथा समाज शान्तिको कामना गर्दै पूजाआजा गरी गाठेमंगल जात्रा सुरु गरेका हुन्। बाजागाजा सहित गीत गाउदै जात्राले नगर परिक्रमागरी नजिकको नदी तथा खोलामा लगेर जलाइएको छ । बिशेषतः नेवार समुदायले आजको जात्राबाट आफ्ना घर तथा परिवारको सुखशान्ति प्राप्ति होस भन्दै नराम्रा मन, भावनालाई भूतप्रेत संझी भगाउने र आगोमा दहन गर्ने मुख्य उदेश्य रहेको झिगु प्रगती नेवा छे का अध्यक्ष राजेन्द्र श्रैष्ठले जानकारी दिनुभयो । पराल, छवाली, काठ, बोरा, कागज लगायत बिभिन्न लत्ता, कपडा तथा जुत्ता, टोपीको प्रयोगगरी राक्षस स्वरुपमा पुरुष रुपमा (घण्टाकर्म) प्रतिक बनाइएको हुन्छ। त्यसलाई फुलपाती लगायतले सजाइएको हुन्छ ।
‘घण्टाकर्णले नेवार बस्तीमा गरेको अत्याचार गरेको र पछि उसलाई भ्यागुताले धाव भएको जमिनमा लगेर फसाएको भन्ने किबंदन्ती छ।े दोबाटो चौबाटामा बसेर दुख दिने, पैसा असुल्ने, महिला र बालिकामाथि व्यभिचार गर्ने उसको दिनचर्या हुन्थ्यो।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो , ‘यसैक्रममा एकदिन उसलाई भोक लागेको बेला एउटा भ्यागुतोसँग भेट भयो। भ्यागुतोसँग उसले मानव बस्ती सोध्दा भ्यागुतोले घण्टाकर्णलाई ढाव भएको जमिनतर्फ देखाएपछि त्यही गढेपछि स्थानीयबासीले ढुंगाले हानेर उसलाई मारेको भन्ने कथा सुन्न पाईन्छ। सोही घटनाको स्मरण गर्दै आजका दिन बाजागाजासहिते खोलामा लगेर जलाउने परम्पराको भएको मान्यता छ।’
यो जात्रासंगै चाडपर्वको सुरुवात भएको संकेत हो। नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको पाइन्छ। घण्टाकर्म र लाखेलाई पती पत्नीका रुपमा मानिएको भन्ने भनाई पनि छ ।
घण्टाकर्म मारिएपछि आफना पतिको खोजीका लागि अवका केही दिनमै लाखे नाच हुने नेवारी प्रचलन रहेको स्थानीय लक्ष्मण प्रधानको भनाई छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


