स्याङ्जाका कच्ची सडकमा प्रतिकिलोमिटर १२ र पक्कीमा ६ रुपैंयासम्म भाडादर निर्धारण
भवानी अधिकारी,
स्याङ्जा, १८ असार ।
स्याङ्जाका मार्गहरुमा संचालित सवारी साधनहरुका भाडादर तोकिएका छन् ।
पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरको आधारमा र कच्ची सडकमा भाडादर निर्धारण गरिएको छ । विस २०७२ सालपछि नयाँ भाडादर कायम गरिएको ब्यवसायीका भनाई छन् ।
जिल्लामा संचालित यातायातहरुको ब्यवस्थापन एवं अस्थायी मार्ग तथा भाडा निर्धारण समिति सहित सरोकारवालाहरुका बैठकले पक्की तथा कच्ची सडकमा गुड्ने सवारी साधनको भाडादर तोकिएको हो ।
पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा बस यात्राका लागि प्रतिब्यक्ति प्रति किलोमिटर ५ रुपैंया ५० पैसा र जीपमा प्रतिब्यक्ति प्रतिकिलोमिटर ६ रुपैंया कायम गरिएको छ ।
यसैगरी, कच्ची सडकमा बसका लागि प्रतिब्यक्ति प्रतिकिलोमिटर ११ रुपैंया र जीपका लागि भने १२ रुपैंया लिनेगरी सर्वपक्षिय सहमति बनेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार, ‘सो भाडादर एकहप्ताभित्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई प्रमाणित गरिएको भाडादर सवारी साधन र टिकट काउण्टरमा सबैले स्पष्ट देख्नेगरी टास्ने र ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने, जुन प्रयोजनका लागि लिइएको हो सोही बमोजिम उपयोग गर्नुपर्नेछ, निजी सवारी साधनले सार्वजनिक सवारी सरह यात्रु ओसार पसार गर्न पाउने छैंनन
टेम्पो दर्ता र रुट परमिटका लागि स्थानीय पालिकाको शिफारिसमा यातायात ब्यवस्था कार्यालयले गर्ने भएकाले जिल्लाका ११ वटै पालिकाभित्र संचालित टेम्पो चल्न मिल्ने मार्गहरुको पहिचानगरी दर्ता शिफारिसका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरिएको छ ।
टेम्पो संचालनका लागि सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशमै लिनेगरी ब्यवस्था मिलाउनेका लागि यातायात ब्यवस्था कार्यालय पोखरालाई अनुरोध गर्ने निर्णय भएको छ। भने अनुमति बिना संचालित टेम्पोका लागि ट्राफिक प्रहरीलाई अनुगमनको जिम्मेवारी दिइएको छ । सवारी चालक अनुमतिपत्रका लागि अझै पनि लुम्बिनी प्रदेशमा जानु पर्ने वाध्यता छ ।
कच्ची तथा पक्की सडकमा गुड्ने सवारी साधनले ८ देखि २५ रुपैंयासम्म भाडा लिने गरेको गुनासा प्रशासनमा आउन थालेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले भाडादरमा समायानुकलन र एकरुपता ल्याउनेगरी यातायात ब्यवसायी, संचालक एवं यात्रु सहितको बैठक बसेर भाडादर निर्धारण गरिएको जनाए ।
यसैगरी, राज्यले सहुलियत प्रदान गरेका जेष्ठ नागरिक, बिद्यार्थी र अपांगता भएका ब्यक्तिका लागि पनि भाडामा छुट र सवारी साधनमा सिट निर्धारण गर्न गरिएको प्रावधानलाई अनिवार्यरुपमा पालना गर्न गराउन समेत सुसुचित गराईएको छ ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, चापाकोट उपप्रमुख इशा राना, प्रहरी उपक्षिक राजीब बस्नेत, गण्डकी यातायात प्रालिका अध्यक्ष भानुभक्त ढकाल, ट्राफिक प्रहरी लगायत सुरक्षा निकायका प्रमुख, बिभिन्न राजनीतिका पार्टीका प्रमुख तथा प्रतिनिधि, यातायात ब्यवसायी, यातायात ब्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराज रिजाल लगायत स्थानीय सरोकारवाला सहभागी थिए ।
तस्विर ः भवानी अधिकारी÷स्याङ्जा
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


