कृषि उपज संकलन केन्द्र तथा सामुदायिक बिउ बैंक स्याङ्जामा स्थापना
स्याङ्जा
पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक वीउ बैकको शुभारम्भ गरिएको छ । केन्द्र र बैंकको एक कार्यक्रमका बीच पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) का गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले संयुक्त रुपमा गमलामा कुरिलो रोपेर समुद्घाटन गर्नुभएको हो ।
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग एंव सूर्योदय क्लब, स्याङ्जाको व्यवस्थापनमा संचालित ‘हरितपुर्नउत्थान तथा कोभिड १९ प्रतिकार्य पहल’ कार्यक्रमको सहयोग र सहजीकरणमा स्थापित केन्द्र र बीउ बैंकको पुतलीबजार बहुउदेश्यीय विकास केन्द्रले संचालनमा ल्याएको हो ।
संकलन केन्द्र र बीउ बैंकको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कृषकका उत्पादनलाई बजारमा पहुँच बिस्तार गर्न स्थापित संकलन केन्द्र र वीउ बैंकको समुचित उपयोग गर्न अनुरोध गर्नुभयो । प्रमुख रेग्मीले बाँदर समस्या लगायत कृषकका समस्याहरुलाई क्रमशः समाधान गर्दै कृषकका उत्पादित बस्तुको बजारको ग्यारेन्टी गर्ने बताउँनुभयो । रैथाने बालीको पहिचान र संरक्षण गर्न वीउ बैंकको स्थापनाको अवधारणा ल्याइएको बताउँदै, यसको उपयोग र कृषकलाई उचित सेवा प्रदान गर्न प्रमुख रेग्मीको अनुरोध थियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम गण्डकी/लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले रासायनिक बिषादीको प्रयोगले जनस्वास्थ्यमा गम्भिर असर पारेको बताउँदै, सचेतनाको माध्यमबाट यसको न्यूनिकरण संस्थाले सहजीकरण गर्नुपर्ने बताउनुभयो । प्रमुख अर्यालले स्वस्थ समाज निर्माणका लागि जैवीक खेती प्रणाली अवलम्बन गर्नुको विकल्प नरहेको बताउनु भयाे । यसकाे लागि आवश्यक समन्वय गर्ने अर्यालकाे भनाइ छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङजाका प्रमुख माधव लम्साल, सूर्योदय क्लवका सचिव रमेश गोदार, पिपलडाडा कृषि सहकारीका अध्यक्ष दुर्गा काफले, किसान ज्ञानेन्द्र ढकाल र बृहस्पती अर्याल लगायतले संकलन केन्द्र र बीउ बैंकको उद्धेश्य अनुसार संचालन गर्न संस्थालाई र लाभ लिन नगरबासीलाई अनुरोध गरेका थिए ।
पुतलीबजार बहुउदेश्यीय विकास केन्द्रका अध्यक्ष बिष्णुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममास्वागत कोषाध्यक्ष भूमिजंग के.सी. र कार्यक्रमको संचालन सचिव गुरुप्रसाद ढकालले गर्नुभएको थियो ।
केन्द्रले किसान कै घरघरमा साधन मार्फत र सिधै केन्द्रमा कृषि उपजको संकलन एंव विक्री र स्थानीय तथा रैथानी बीउको संरक्षण र प्रबद्र्धन गर्ने कोषाध्यक्ष भूमिजंग के.सी.ले जानकारी दिनुभयो ।



Facebook Comments Box
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


