एसईईको नतिजा : स्याङ्जाबाट २ जनाको ४ जीपीए

स्याङ्जा, २१ असार :
राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीवार दिउँसो बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । गत बर्षको एसईईमा स्याङ्जाबाट जम्मा ४५ सय ९ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमित परीक्षार्थीमध्ये साधारणतर्फ ४२ सय ७८, प्राविधिकतर्फ १ सय ५३ र ग्रेडबृद्धितर्फ ७८ परीक्षार्थी सहभागी भएका थिए । २०७९ सालको एसईई परीक्षा गत चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन भएको थियो ।
बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४ सय ७५ अर्थात २.९ प्रतिशत रहेको छ । स्याङ्जा जिल्लाबाट यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १ सय ३५ जना रहेका छन् । जिल्लामा ४ जिपिए ल्याउने भने २ जना मात्र रहेका छन् । ४ जिपिए ल्याउने दुबैजना संस्थागत बिद्यालयका बिद्यार्थी हुन् । जिल्लाको वालिङ स्थित भूम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीका संगित भूसाल र गल्याङको चिराग आवासीय माविका उमेश चापागाईले ४ जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विश्वराज आचार्यले जानाकारी दिए ।
सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका पिसजोन एकेडेमिका भुसाल पर्वत जिल्ला पैयुँ गाउँपालिका ७ भोर्लेका स्थायी बासिन्दा हुन् । सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थी भुसालले निरन्तरको लगाव र मिहिनेतले गर्दा उत्कृष्ट नतिजा आएको बताए । “गुरुहरुको मार्गदर्शन र मेरो मिहिनेतले गर्दा राम्रो नतिजा आयो । म एकदमै खुशी खुशी छु ।” विद्यार्थी भुसालले भने । एसईई परीक्षामा पिसजोनबाट ४० जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयबाट १० जना विद्यार्थी ३.६ जिपिए भन्दा माथि प्राप्त गर्न सफल भएका छन् । ९ जना विद्यार्थीले ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गरेका छ्न् । यसैगरी २१ जना विद्यार्थीले २ जिपिए भन्दा माथी प्राप्त गरेका छ्न् । विद्यार्थीहरुको मिहिनेत र विद्यालय परिवारको लगावले गर्दा राम्रो नतिजा आएको विद्यालयका प्रिन्सिपल याम प्रसाद डुम्रेले बताए ।
जिल्लाबाट एसईई परीक्षामा ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ३ सय ७५ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६ सय ९७ जना, २.४ देखि २.८ ल्याउने १ हजार २६, २ देखि २.४ जीपीएसम्म ११ सय १८ जना रहेका छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ७ सय ८७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या २ सय ९० जना रहेका छन् । १.२ भन्दा पनि मुनिको श्रेणीमा १२ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विश्वराज आचार्यले जानाकारी दिए ।
गत बर्ष स्याङ्जाबाट १ सय ३३ सामुदायिक र ३६ संस्थागत गरि १ सय ६९ माध्यमिक बिद्यालयबाट परीक्षार्थीहरु सहभागी थिए । फर्म भरेका ४५ बिद्यार्थी भने परीक्षामै अनुपस्थित रहेको ईकाइ प्रमुख आचार्यले जानाकारी दिए । जिल्लाको रिजल्ट हेर्दा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । बोर्डले २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।
विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…