बजारमा दुर्घटना घटाउन ब्रेकर
हिमाल न्यौपाने/गल्याङ :
साघुरो अनि ओरालो बजार । दैनिक सयौ मोटरसाइकल र ग्रामिण क्षेत्रमा जिप आवातजावत गर्ने । त्यो हो स्याङजाको तेस्रो ठुुलो व्यापारीक केन्द्र गल्याङ । सवारी साधन र मानिसहरुको आवतजावतले अत्यन्तै भिडभाड हुने बजारमा दैनिकजसो दुर्घट्ना हुने । साघुरो अनि ओरालो सडक भएपछि दुर्घट्ना नहुने कुरै भएन । बढ्दो दुर्घट्ना न्युनिकरण गर्न बजारमा ब्रेकर राख्ने काम शुरु गरिएको छ । बजारका बिभिन्न ठाउँमा ४० पिस पलाष्टिकका ब्रेकर ५ ठाउँमा राख्ने काम शुरु भएको हो । बजारमा ब्यापारका लागी गाउँवाट बृद्धबृद्धा देखी तन्नेरी सम्मका आउने गर्दछन । त्यसैमा पनि बाईक तथा अटो अत्यन्तै स्पिट चलाएर हिडाल्दा कतै ठुलो मानवीय क्षती हुने हो कि भन्ने चिन्ताले ब्रेकर राखेको आयोजनाका अध्यक्ष रफी खानले बताए ।
उक्त बजारमा ब्रेकर राख्नका लागी बजारवासीले वडा कार्यालयलाई अनुरोध गरेपछि वडा कार्यालयबाट बजेट बिनियोजन गरी ब्रेकर राखेको खानले बताए । बजारमा ब्रेकर नहुँदा सवारी चालकले जथाभावी चलाउदा दुर्घट्ना हुने डर र त्रासमा सधै बजारवासी रहिरहेका थिए । बजारबासीको माग र आवश्यकतालाई मध्यनजर गरेर ब्रेकर राख्ने बजेट वडाले व्यवस्था मिलाइदिएको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
जनाताको हक हितका लागी आफुु सदैव सेवक रहेको बताउदै वडा अध्यक्ष भट्टराईले भईपरी आउने समस्याको समाधानका लागी वडा कार्यालय सधै तयारी रहने बताए । ब्रेकर राख्न गल्याङ प्रहरी चौकी, गल्याङ उद्योग बाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ, समाजसेवी महेन्द्र श्रेष्ठ, गल्याङ ब्याट्मिन्टन क्लवका अध्यक्ष सुुरेस सुवेदी, लगायत बजार बासीको सहभागति रहेको थियो । उत्त ब्रेकर राखेपछि बजारमा दुुर्घनामा कमी आउने विश्वास बजारवासीको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


