वालिङको पायनियर्स बहुमुखी टियुमा अपडेट छ : क्याम्पस प्रशासन ।
वालिङ :
वालिङको पायनियर्स बहुमुखी क्याम्पस,त्रिभुवन विश्वविद्यालयमा (टियु)मा अपडेट रहेको क्याम्पस प्रशासनले जनाएको छ । केही प्राविधिक कारणले टियुको सूचीमा समावेश भएको भन्दै त्यो अहिले पूर्ण रुपमा अपडेट रहेको क्याम्पस प्रमुख मेघराज गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“क्याम्पस नविकरण नै थियो, केही प्राविधिक कारणले नाम समावेश भएको थियो अहिले नियमित छ ।” क्याम्पसले नियमित रुपमा स्नातकतहको पठनपाठन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका मध्ये केही क्याम्पसले नविकरण नगरेको र नियमित नरहेको भन्दै सूचना प्रकाशन गरेको थियो । तर केही सञ्चार माध्यमले भने खारेज गर्दै भन्ने आशयको समाचार लेखेको भन्दै क्याम्पस प्रशासनले शैक्षिक संस्थाको समाचार लेख्दा वास्तविक तथ्य स्पष्टसँग बुझेर मात्रै लेख्न सञ्चालक समितिका सदस्य परमलोचन अर्यालले आग्रह गर्नुभयो । ।
विद्यार्थीहरुको भविष्य प्रति क्याम्पस सचेत रहेको भन्दै पायनियर्स बहुमुखीले विद्यार्थीहरुको चाप समेत बढ्दो रहेको जनाएको छ । शैक्षिक संस्थाहरुसँग सम्वन्धित समाचार लेख्दा सरोकारवालाहरुसँग वास्तविक विषयमा जानकारी लिनु पर्ने क्याम्पस प्रशासनको भनाई छ ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


