स्याङ्जा मै पहिलो पटक एच ए को पढाई शुरु गर्दै वालिङको पाईनिअज ।

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जा मै पहिलो पटक एच ए को पढाई शुरु हुने भएको छ । वालिङमा रहेको पायोनियर्स हायर एजुकेशन एकेडेमी (पाईनिअज) मा चिकित्सा शिक्षा अन्तर्गत डिप्लोमा ईन जनरल मेडिसिन (एच ए) को पढाई हुन लागेको हो ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद –सिटिईभिटी) ले सम्वन्धन पाएको पायोनियर्सले बिगत २८ वर्ष देखि प्राविधिक शिक्षाका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
लामो समयको प्रतिक्षा पछि आफ्नै घर आँगनमा डिप्लोमा तहमा चिकित्सा विषय अध्ययन गर्न पाउनु नै शिक्षा क्षेत्रमा ठूलो उपलब्धी भएको विद्यालयका प्रिन्सिपल मेघराज गैह्रेले जानकारी दिनुभयो ।
सामान्य चिकित्साको पढाई जिल्लामा नहुँदा धेरै बिद्यार्थीहरुलाई समस्या रहेको भन्दै गैह्रेले भन्नुयो, “पायोनियर्सले यसको पढाई शुरु गरे पछि यस क्षेत्रका विद्यार्थीहरुलाई फाईदा पुग्ने छ ।” विगत लामो समय देखि एचए पठनपाठनका लागि तयारी शुरु गरेको विद्यालयले आवश्यक पूर्वाधार समेत तयार पारिसकेको गैह्रेको भनाई छ ।
स्वास्थ्य तथा कृषि अन्तर्गत पशुपालन क्षेत्रमा उल्लेख्य संख्यामा मध्यमस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्दै आईरहेको विद्यालयमा सञ्चालन भएको सिटिईभिटी कार्यक्रमका प्रमुख हिमनिधि पंगेनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यो संस्थाले सिटिईभिटीको सम्वन्धन प्राप्त गरी २०५२ सालमा सिएमए र २०६० साल देखि भेटेरीनरी जेटिएको पढाई गर्दै आईरहेको छ ।”
दुवै प्राविधिक कार्यक्रमहरू उपयोगी आकर्षक र रोजगारमुलक रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “देशका युवाहरु अब विदेश जानु हुँदैन, प्राविधिक क्षेत्रको पढाई पुरा गरी स्वदेशमा नै रमाउने वातावरण बनाउनु पर्दछ ।”
आगामी शैक्षिकसत्रका लागि भर्ना आव्हान गरिसकिएको जानकारी दिदै पंगेनीले एसईई वा एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुले यो अवसर लिन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो,“हामीले सिटिभिटीले दिएको निर्देशन अनुशार नै भर्नाको लागि आवेदन माग गरेका छौंं, आगामी साउन १२ गते सम्म फारम भर्न सकिने र २४ गते प्रवेश परीक्षा हुनेछ ।”
जिल्लाको मध्य भाग तथा पर्वत,पाल्पा,गुल्मी लगायतका जिल्लाका विद्यार्थीलाई समेत पायक पर्ने भन्दै पंगेनीले चार जना विद्यार्थीहरुलाई पूर्ण रुपमा छात्रबृत्तिको व्यवस्था रहेको जानकारी दिनुभयो ।
तीन बर्षे अवधीको एच ए अध्ययन पुरा गरे पश्चात सरकारी तथा गैह्र सरकारी क्षेत्रमा सहजै काम गर्ने अवसर मिल्ने सिटिईभिटी कार्यक्रम प्रमुख पंगेनीको भनाई छ ।
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…