शिक्षिकाले बदलेकाे हुलाक आधारभूत विद्यालय ।

नारायण विश्वकर्मा/गल्याङ :

विद्यार्थीको अभावमा झण्डै खारेजीको अवस्थमा पुगेको स्याङ्जाको गल्याङ नगरपालिका ११ गल्कोट स्थित श्री हुलाक आधारभूत विद्यालयमा शिक्षिकाले मात्र पढाउन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
विद्यालयमा विद्यार्थीको संख्या घट्ने र पढाई कमजोर हुँदै जान थालेपछि २०७१ सालमा बज्रे भञ्याङ माध्यामिक विद्यालयबाट भेमला बराललाई प्रध्यानाध्यापकको रुपमा सुरुवा गराएर ल्याएपछि विद्यालयको संख्या, शैक्षिक एवं भौतिक अवस्थामा व्यापक सुधार आएको हो ।
वि.स २०४४ सालमा स्थापना भएको यस विद्यालयमा अधिकांस जनजाती, ब्राह्मण, दलित र गरिब परिवारका विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।
प्रध्यानध्यापक बरालले नेतृत्व गर्नु अगावै विद्यालयमा सात जना विद्यार्थी थिए भने अहिले एक सय पाँच जना विद्यार्थीले पठनपाठन गर्छन् ।
प्रध्यानध्यापक बरालको नेतृत्वमा हाल १० जना शिक्षिका सहित एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
विद्यालयले विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन थालेपछि यहाँको विद्यालय स्थानीय अभिभावकको रोजाइ बन्दै गएको छ ।
प्रध्यानाध्यापक बरालले अंग्रेजी माध्याममा पढाई, बालमैत्री बातावरणमा पठनपान, अत्याधिक शैक्षिक सामग्रीको प्रयोग, दिवा खाजा कार्यक्रम, शैक्षिक गुणस्तरमा सुधार, कम्प्युटर कक्षाको व्यवस्था, पुस्तकालय, सुद्ध पिउनेपानी, खेलमैदान र सौचालयको राम्रो व्यवस्था भएपछि यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोे बताईन् ।
उनले कुनै समय आफ्ना छोराछोरी निजी विद्यालय पठाउने अभिभावकले हिजोआज यहाँको विद्यालयमा भर्ना गरेर पढाएको बताईन् ।
अधिल्लो बर्ष ३५ जना र यो बर्ष आठ जना विद्यार्थी निजि विद्यालयबाट आएर भर्ना भएको प्रध्यानाध्यापक बरालको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुविर गाहाले अत्यन्त मेहनत र लगावका साथ महिला शिक्षिकाहरुले विद्यालयलाई नयाँ रुप दिएको बताए । उनले शिक्षिका र अभिभावकको सहयोगले यहाँको विद्यालय निजी विद्यालय संग प्रतिस्पर्धा गर्न सक्ने भएको दावी गरे ।
अभिभावक उदयराज भण्डारी ‘अतित’ ले महिला शिक्षिकाहरुमा बालबालिकालाई सम्झाउने फकाउने गर्न सक्ने क्षमता हुने भएकाले उनीहरु संग पढ्न छोराछोरीले सहज मान्ने बताए ।
गल्याङ नगरपालिका ११ का वडा अध्यक्ष दलबहादुर सिंजालीले यहाँको विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्न आफुले पहल गरिरहेको बताए ।
यो विद्यालयमा हाल गल्कोट, भण्डारी टोल, भाटी, जामुने, छाप, राडडाँडाका, बन्नेडाँडा, पाल्पाली डाँडा र गल्याङ बजारका एक सय पाँच जना विद्यार्थी अध्यनरत छन्

Facebook Comments Box
TOP