स्वास्थ्य कार्यालय स्याङ्जालद्वारा चालु आर्थिक बर्षमा गरेका सम्पादित क्रियाकलापहरु सार्वजनिक
स्याङ्जा :
जिल्लामा रहेका सरकारी कार्यालयले आर्थिक बर्ष २०७९/०८० मा गरेका कामको कार्यसम्पादनरु सार्वजनिक गरिदै छ । आर्थिक बर्षको अन्त्यतिर कार्यलयहरुले एक बर्षसम्म सम्पादित कार्यको सार्वजनिकरण गर्न थालिएको हो । सरकारी कार्यालयहरु मध्ये नागरिकसगँ प्रत्यक्ष ठोकिने स्वास्थ्य कार्यालयले चालु आर्थिक बर्षमा गरेका सम्पादित क्रियाकलापहरु सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आथित्यतामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा समन्वय इकाई, स्थानीय सरकार, जिल्ला रेडक्रस र नेपाल पत्रकार महासंघ सहित जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्दै स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले वित्तिय प्रगतिमा ७६ प्रतिशत र भौतिक प्रगतिमा ९८ प्रतिशत कामहरु भएको बताइन् ।
राष्ट्रिय खोप, मातृ र नवजात शिशुको अवस्था, परिवार नियोजनको अवस्था, पोषण कार्यक्रम, स्वास्थ्यकर्मीलाई तालिम, रोग नियन्त्रण कार्यक्रम, स्वास्थ्य तथा सुचना सहित शिक्षा कार्यक्रम, स्वास्थ्य कार्यालयको पुँजीगतबाट सम्पन्न गरिएको कामहरु र चुनौतीका बारेमा भएका कार्यसम्पादनका बिषयमा जानकारी दिइन् । स्वास्थ्यका गतिविधि अहिले स्थानीय सरकारबाट पनि भइरहेको र स्वास्थ्य कार्यालयले पनि त्यसलाई सहजकिरणमा महत्वपुर्ण भुमिका खेलेको बताइन् । कार्यक्रममा समन्वय प्रमुख जिटीलेले नीजि क्षेत्रले स्वास्थ्य र शिक्षामा नागरिकलाई महङ्गोमा सेवा दिइरहेकाले त्यसको कडाईका साथ अनुगमन गर्नुपर्ने बताए ।
सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क भनिएपनि नागरिकको त्यस्तो सेवामा अझै पहुँच पु¥याउन नसक्नु दुखद भएको बताए । संघियताले गाउँ—गाउँमा बनेका स्वास्थ्य संस्थाको सुदृढिकरणमा समस्या हुने गरेको जिटीको भनाई छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


