सुरक्षाकर्मी बन्न चाहनेलाई निःशुल्क तालिम
स्याङ्जा :
जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले सुरक्षाकर्मी बन्ने चाहनेका लागि निःशुल्क तालिम सुरु गरेको छ। गाउँपालिकाले गत सातादेखि प्रशिक्षणसहितको अभ्यास सुरु गरेको हो।
नेपाली सेना, प्रहरी र सशस्त्र जस्ता सुरक्षा निकायमा जागिर खान चाहने युवायुवतीलाई लक्षित गर्दै पालिकाले सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण सुरु गरेको पालिकाले जनाएको छ।
सुरक्षाकर्मी बन्न चाहना राखेर प्रतिस्पर्धामा जाँदा थोरै नम्बर र प्रशिक्षणका अभावमा उत्तीर्ण हुन नसकेको दुखेसो थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले यस्ता प्रशिक्षणसहितका तालिमको सुरु गरेको जनाउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘एक/दुई नम्बरले पछि परेका, शारीरिक व्यायाम लगायत केही प्रशिक्षणको अभावले पछि परेको अनुभूति भएकाले यहाँका युवायुवतीलाई त्यस्तै खालका प्रशिक्षण उपलब्ध गराउने सोच बनायौं।’
तालिममा लिखित एवं शारीरिक अभ्यासमा अभ्यस्त गराइँदै आएको उहाँले बताउनु भयाे । तालिममा गाउँपालिकाको ६ वडाका ७० जना युवायुवती सहभागी छन्।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


