शिक्षालाई राजनीतिबाट अलग राख्नु पर्छ : पूर्व उपप्रधानमन्त्री श्रेष्ठ ।
वालिङ :
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले शिक्षालाई राजनीतिबाट अलग राख्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,“शिक्षालाई राजनीतिले नराम्रोसँग बिगारेको छ अव यसलाई राजनीतिबाट टाढा राख्नै पर्दछ,शिक्षामा राजनीति छिराउन भएन ।”
स्याङ्जा सदरमुकाममा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै श्रेष्ठले शैक्षिकस्तरमा सुधार ल्याउन सवै मिलेर लाग्नु पर्नेमा जोड दिनुभयो ।
झण्डै दुई सय विद्यार्थी पढने गरेकोमा पछिल्लो समय यो संख्या बढेर एक हजार पाँच सय पुग्नुले सामुदायिक विद्यालयले पनि राम्रो काम गर्न सक्छ भन्ने नमुना भएको नेता श्रेठको भनाई छ ।
शिक्षा क्षेत्रमा हुने राजनीतिक नियुक्तीको पूर्ण रुपमा अन्त्य हुनु पर्ने भन्दै नेता श्रेष्ठले सामुदायिक विद्यालयलमा सरकारको लगानी अनुशारको प्रतिफल आउने गरी काम गर्नु पर्ने बताउनु भयो ।
नेता श्रेष्ठले प्राविधिक भवन र चमेना तथा सभाहल गरी दुई भवनको उद्घाटन गर्नु भएको हो । प्राविधिक भवन ९५ लाखको लागतमा र चमेना गृह तथा सभाहल एक करोड ४९ लाखमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


