स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब ६३ करोड, कुन पालिकाले कति पाए बजेट
स्याङ्जा :
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्दै जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।
विनियोजित रकम मध्ये जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ७५ करोड ४ लाख र ६ गाउँपालिका तर्फ १ अर्ब ८८ करोड ७४ लाख रहेको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलाई ७२ करोड २८ लाख छ भने कम भीरकोट नगरलाई ४० करोड २२ लाख विनियोजन गरिएको छ ।
पुतलीबजार नगरपालिकालाई ७२ करोड २८ लाख विनियोजन गरिएको छ । सो बजेटमध्ये समानीकरण अनुदानमा १३ करोड ८० लख, सशर्त अनुदान तर्फ ५६ करोड ३८ लाख, विशेष अनुदानमा ७० लाख र समपुरक अनुदानमा १ करोड ४० लाख रहेको छ ।
वालिङ नगरपालिकालाई समानीकरण अनुदानमा १४ करोड ९६ लाख, सशर्त अनुदान अन्तर्गत ४१ करोड ४४ लाख, विशेष अनुदान तर्फ १ करोड ५० लाख र समपुरक अनुदान ३ करोड गरी कुल ६० करोड ९० लाख विनियोजन गरिएको छ ।
गल्याङ नगरपालिकालाइ ५२ करोड ८५ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १२ करोड २८ लाख, सशर्त अनुदान तर्फ ३८ करोड ७ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपुरक अनुदानमा १ करोड रहेको छ ।
चापाकोट नगरपालिकालाई समानीकरण अनुदानमा ९ करोड ९९ लाख, सशर्त अनुदान अन्तर्गत ३२ करोड ४५ लाख, विशेष अनुदान ३ करोड र समपुरक अनुदानमा ३ करोड ३५ लाख गरी जम्मा ४८ करोड ७९ लाख विनियोजन गरिएको छ ।
भीरकोट नगरपालिकालाई समानीकरण अनुदानमा १० करोड ११ लाख, सशर्त अनुदान अन्तर्गत २७ करोड ६६ लाख, विशेष अनुदान तर्फ १ करोड ८५ लाख र समपुरक अनुदानमा ६० लाख गरी कुल ४० करोड २२ लाख विनियोजन भएको छ ।
त्यसैगरी आँधीखोला गाउँपालिकालाई समानीकरण अनुदान तर्फ ८ करोड ३८ लाख, सशर्त अनुदानमा २४ करोड ६९ लाख, विशेष अनुदानमा १ करोड १५ लाख र समपूरक अनुदानमा १ करोड ६५ लाख गरी कुल ३५ करोड ८७ लाख विनियोजन गरिएको छ ।
कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ३६ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये समानीकरण अनुदानमा ९ करोड ६५ लाख, सशर्त अनुदान तर्फ २१ करोड ७१ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपूरक अनुदान २ करोड ५० लाख रहेको छ ।
विरुवा गाउँपालिकालाई समानीकरण अनुदानमा ८ करोड ५३ लाख, सशर्त अनुदान तर्फ २१ करोड ८५ लाख, विशेष अनुदानमा १ करोड ८० लाख र समपूरक अनुदानमा ५० लाख गरी कुल ३२ करोड ६८ लाख विनियोजन गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकालाई २८ करोड ९४ लाख विनियोजन गरिएको छ । बजेटमध्ये समानीकरण अनुदानमा ८ करोड १२ लाख, सशर्त अनुदानमा १९ करोड २२ लाख, विशेष अनुदान तर्फ ८० लाख, समपूरक अनुदानमा ८० लाख बजेट रहेको छ ।
हरिनाश गाउँपालिकालाई २८ करोड ९० लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा ८ करोड ३० लाख, सशर्त अनुदान तर्फ १७ करोड ९५ लाख, विशेष अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोड ७५ लाख रहेको छ ।
त्यस्तै फेदीखोला गाउँपालिकालाई समानीकरण अनुदानमा ७ करोड ४४ लाख, सशर्त अनुदानमा १६ करोड ६० लाख, विशेष अनुदान तर्फ १ करोड ६५ लाख र समपूरक अनुदान १ करोड ३० लाख गरी कुल २६ करोड ९९ लाख विनियोजन गरिएको छ ।
विनियोजित कुल बजेटमा समानीकरण अनुदान तर्फ १ अर्व ११ करोड ५६ लाख, सशर्त अनुदानमा ३ अर्ब १८ करोड २ लाख, विशेष अनुदानमा १६ करोड ३५ लाख र समपुरक अनुदान तर्फ १७ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।
गत आर्थिक वर्ष ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको स्याङ्जाका ११ पालिकालाई २ करोड ४६ लाख कम अर्थात ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । पुतलीबजार र भीरकोट नगरपालिका तथा आँधीखोला गाउँपालिकालाई गतवर्षको तुलनामा बढि र अन्य पालिकालाई कम बजेट विनियोजन गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


