स्याङजामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना : चालकको मृत्यु, तीन घाइते

स्याङ्जा, जेठ २४ गते।
अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ।
बुधबार साँझ शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो। दुर्घटनामा चालक वालिङ ४ का ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो। चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी भिरमा अड्किएको छ।
गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।
दुर्घटनाका घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…