लोकतन्त्रमामात्र सूचनाको हक कार्यान्वयन हुने : आयुक्त ओली
स्याङ्जा :
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले जहाँ लोकतन्त्र रहन्छ, त्यहाँ सूचनाको हक कार्यान्वयन हुने बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगले स्याङ्जाको पुतलीबजार नगरपालिकामा सूचनाको हक सम्बन्धी गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे आयुक्त ओलीले सूचना माग्ने र दिनेबीच अनोन्याश्रित सम्बन्ध रहनुपर्ने उहाले बताउनुभयो ।‘सरकार तथा सार्वजनिक निकायका संस्थाहरुबाट भए गरेका कामहरु खुला र पारदर्शी बनाउनका लागि प्रत्येक कार्यालयमा जानकारप्राप्त सूचना अधिकारी राख्नुपर्छ,’ उहाले भन्नुभयो ्, ‘सुशासन कायम राख्न पारदर्शिना र जवाफदेहिता चाहिन्छ।’
हर ब्यक्तिलाई सार्वजनिक बिषयबस्तुमा समान र सहज पहुँच बनाउनुका साथै सम्बन्धित बिषयबस्तुमा जानकार पाउनु संवैधानिक अधिकार रहेको उहाले जोड दिनुभयो । तर, ऐनले तोकेका केही बुदाँ जसले राष्ट्र र राष्ट्रियतामाथि आच आउने कुरामा भने सूचना नपाईनेगरी तोकिएका छन।
कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले सूचनामा शक्ति रहेको र यसका बारेमा जानकारी पाउने सबै नागरिकको समान अधिकार रहेकोमा जोड दिनुभयो ।कार्यक्रम अधिकृत रामप्रसाद ढकालले सूचनाको हक सम्बन्धी ऐन बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा वडाअध्यक्षहरु, सूचना अधिकारी, कर्मचारी, बिद्यालयका सुचना अधिकारी सहभागी थिए। सहभागीले भने यस्ता कार्यक्रमलाई वडादेखि नै संचालन गर्नुपर्ने माग गरेका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


