दुर्घटनामा परी पूर्व मेयर गिरीको मृत्यु
स्याङ्जा, असार २ गते ।
चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
गए राती पुतली बजार नगरपालिका १० बर्जामा राङ खोलाबाट स्याङ्जा बजार लागि छुटेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्व मेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।
चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्व मेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका गिरीको शव जिल्ला अस्पतालमा रहेको प्रहरीले जनाएको छ । स्कारपियो भित्तामा ठोक्किएर सडकमा पल्टिएको र पूर्णरुपमा क्षति भएको र सडकमा उत्तानो परेको अवस्थामा रहेको प्रहरीले बताएको छ ।
प्रहरीले सवारी चालक पुतली बजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


