राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिक उत्सवको अवसरमा वालिङ र भीरकोटमा वृक्षारोपण

राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिक उत्सवको अवसरमा वालिङमा वृक्षारोपण

वालिङ :
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वार्षिक उत्सवको अवसरमा वालिङ र भीरकोटमा वृक्षारोपण रोपण गरीएको छ । वालिङ वडा नं ९ सुर्काेंदी स्थित गौशाला संरक्षणका लागी डाले घाँसका विरुवा रोपण गरिएको हो । पार्टिले आफ्नो पहिलो वार्षिकोत्सवमा शुक्रबार वृक्षारोपण कार्यक्रम गरेको हो ।
कार्यक्रम वालिङका प्रमुख प्रशाशकीय अधिकृत तेजराज शर्मा र इलाका प्रसाशन प्रमुख घनश्याम गौतमले संयक्त रुपमा वृक्षारोपण गरी शुरु गरिएको हो । गौशाला तथा त्यहाँ रहेका गाई संरक्षणको लागी घाँसको अभाव हुन नदिन गरिएको कार्य सर्हानिय भएको उहाँहरुले बताउनुभयो । साथै वृक्षारोपण वातावरणसंग पनि सम्बन्धित भएकाले यसलाई समय समयमा संरक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीवृक्षारोपण -1
राष्ट्रिय स्वतन्त्र पार्टी-वृक्षारोपण

कार्यक्रममा नगरपालिका पशु सेवा शाखा प्रमुख लेखनाथ अर्याल, प्राविधिक डोल राज गैह्रे, सामुदायिक वन उपभोक्ता महासंघ स्याङजाका उपाध्यक्ष दिपेन्द्र गैह्रे र नगर अध्यक्ष कमल गैह्रे, गौशाला व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठ, पूर्णामृत भवानी माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक हरि पंगेनी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वर एक, पिपल –दुई, समि – एक, काउरो – चौबिस, पाखुरी –बाह्र, कपुर –दुई, क्यू काफल – साठी, नेपियरका बिरुवा तथा विभिन्न प्रजातिका फूलहरुको समेत बिरुवा रोपण गरिएको राष्ट्रीय स्वतन्त्र पार्टीका वालिङ नगर सभापति सुरेन्द्र काफ्लेले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोटले समेत बृक्षारोपण गरेको छ । छायाँक्षेत्र मन्दिर छाङछाङदी मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । मन्दिर परिसरमा वर,पिपल स्वामीलगायतका बृक्षहरु रोपिएको पार्टीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिक उत्सवको अवसरमा वालिङमा वृक्षारोपण -1
राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिक उत्सवको अवसरमा वालिङमा वृक्षारोपण
Facebook Comments Box
TOP