प्रेस युनियन स्याङ्जाद्धारा ६ जना पत्रकार पुरस्कृत ।
स्याङजा,२६ जेठ ।
नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो नवौं अधिवेशन तथा साधारण सभाका अवसरमा ६ पत्रकारलाई नगद सहित विभिन्न पुरस्कारले सम्मानित गरेको छ ।
युनियनले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । लम्साल र रिजालको स्थायी घर स्याङ्जा हो । यस्तै प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।
यसैगरी खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने,रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट राम प्रसाद भट्टराई पुरस्कृत गरिएको प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले जानकारी दिनुभयो । पुरस्कारको राशी रु ५ हजार र प्रमाणपत्र रहेको युनियनले जनाएको छ ।
पुरस्कृत भएका पत्रकारहरुलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी,प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली युनियनका गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी,पुतलीबजार नगरपालिकाका प्रमुख तुल्सीराम रेग्मी,नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति केदार काफ्ले,जिल्ला अध्यक्ष प्रदिप कोईराला लगायतले सम्मानित गर्नु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


