स्याङ्जाको सतौंचण्डीस्थानमा प्याराग्लाइडिङ परीक्षण उडान
स्याङ्जा,२२ जेठ :

पुतलीबजार नगरपालिका १४ स्थित पवित्र तीथर्थस्ल अव प्याराग्लाइडिङ्का लागि पनि उपयुक्त भएको छ। पुजाआजाका लागि यहाँ देश तथा विदेशबाट समेत बर्षेनी सयौं हिन्दुधर्मालम्बीहरु आउने गर्छन ।
बाबु एडभेन्चर क्लबले शुक्रवार गरेको परीक्षण प्याराग्लाइडिङ् उडान सफल भएसंगै अव यहाँबाट उडान भरिने भएको हा े।
केही सातादेखि पुतलीबजार नगरपालिका, चण्डीकालिका मन्दिर ब्यवस्थापन समिति, सहिद महेन्द्र शाह स्मृति प्रतिष्डान र बाबु एडभेन्चर क्लबको आर्थिक प्राविधिक सहयोगमा प्याराग्लाइडिङ्का लागि उडान क्षेत्र निर्माणसंग प्राबिधिक पक्षका बारेमा नियमित परिक्षण गरिदै आएको थियो ।
क्लवका संस्थापक एवं अन्र्तराष्ट्रिय ख्यातीप्राप्त प्याराग्लाइडर सानुबाबु सुनुवार र क्लवका अध्यक्ष कृष्णजंग केसी लगायतको ९ जनाले पालैपालो यहाँबाट प्याराग्लाइडिङ गरेर तोकिएको स्थलमा ल्याण्ड गर्नुभएको थियो ।
चण्डीकालिका र सतौंकोट जस्तो पवित्र देवस्थलबाट उडान सफल भएको खुशी ब्यक्त गर्दै नेपालकै उत्कृष्ठ स्थल बन्न सक्ने वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्लले बताउनुभयो । उहाले भन्नुभयोे, ‘यसस्थललाई अव धार्मिक तथा पर्यटनसंगै जोडेर विकास निर्माणका कार्य अघि बढाउने छौं।
यो संगै स्याङ्जामा ६ स्थानमा प्याराग्लाईडिङ् टेक अफ साईड र ल्याण्डका लागि ९ स्थान निर्धारण भैसकेका छन्। यहाँबाट पटक पटक प्याराग्लाइङिङ्का उडान भरिरहेका पर्यटन विकास समितिका पूर्वउपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयोे ।
स्याङ्जा प्याराग्लाइडिङ्का लागि उपयुक्त भुगोल छ। पर्यटकीय नगरी पोखरामा अन्र्तराष्ट्रिय बिमानस्थल बनेसंगै पोखरा नजिकै रहेको स्याङ्जाको प्रभाव बढी देखिएको छ ।
अन्र्तराष्टिय ख्यातीप्राप्त सानोबाबु सुनुवारले स्याङ्जाको भीरकोटमा एशियामै पहिलो प्याराग्लाइङिङ्को बिद्यालय संचालन गरेपछि यहाँ देश तथा विदेशबाट समेत अध्ययनका लागि आउनेको संख्या पनि सयौं पुगेको छ ।
संद्धान्तिक अध्ययनसंगै प्रयोगात्मक कक्षाका लागि प्याराग्लाइडिङ्का उडानमा पनि स्याङ्जाका स्थल निकै उपयुक्त रहेको सुनुवारको भनाई छ ।
सतौंचण्डीस्थान संगै यहाँ तत्कालिन बाइसे÷चौविसे राज्य अन्र्तगतको सतौंकोट दरबार पनि छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस स्थलमा प्याराग्लाइडिङ् उडानको सफल परिक्षणले स्थानीयबासीमा खुशी भरिएको चण्डीकालिका सेवा सुब्यवस्था समितिका सचिव हुमनाथ ढकालले बताउनुभयो ।
उडान परिक्षणको खबर पाएपछि स्थानीयबासीले प्याराग्लाइडरहरुलाई फुल र मालाले स्वागत गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


