स्याङ्जामा चक्लाबन्दी गर्दै सुन्तला रोप्दै, तीनबर्षमा १८ सय रोपनीमा थपियो

स्याङ्जा :

सुन्तलाको जिल्ला स्याङ्जामा अहिले सुन्तला रोपण अभियान सुरु भएको छ। पाखैभरी ठूल्ठूला रुख लडाईएका छन ्। कतै खाल्डा खन्न तयारी छन् त, कतै रोपिएका बिरुवा हरियो रंग भर्दै हुर्कदै छन् ।

सुन्तलाले राम्रो आम्दानी दिनथालेपछि यहाँका मानिसहरु सुन्तला खेतीमा आर्कषित छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले चक्लाबन्दीमा पनि खेती गर्न सकिनेगरी अभियान संचालन गरेपछि त झनै यहाँका किसानमा उत्साह भरिएको छ ।

बिगत ३ बर्षअघिदेखि सुरुभएको चक्लावन्दी अभियान यसबर्ष पनि जारी छ । बैशाखको अन्तिम जेठको पहिलो सातामै परेको आकाशे पानीको सदुपयोग गर्दै धेरैले त्यही वेलादेखि नै सुन्तला रोप्न सुरु गरे । अहिले खडेरी भएका कारण सुन्तला रोपण कार्य स्थगित गरिएको छ ।

सुन्तला किसानले समूह बनाई चक्लाबन्दी गरेर सुन्तला रोप्न थालेका छन्। स्याङ्जाका ४ वडामा ८ सय रोपनी र अन्य १ हजारगरी १ हजार ८ सय रोपनी अर्थात (९० हेक्टर) मा सुन्तलाका क्षेत्र बढाएको सुपरजोन कार्यालयले जनाएको छ।

पुतलीबजार नगरपालिका वडा नं. ११, भीरकोट नगरपालिका ५ र ७, वालिङ् नगरपालिका १३ मा गरी प्रति वडा २ सय ८ सय रोपनी क्षेत्रफलमा सुन्तला लगाइएको छ । त्यसभन्दा बाहिर अन्य किसानले करिब १ हजार रोपनीमा सुन्तला लगाएका छन् ।
प्रति समूह २ सय रोपनी क्षेत्रफल बनाएर सुन्तला लगाउने गरिएको छ।

यसरी सुन्तला लगाउदा यहाँका किसानले वनजंगल फडानीदेखि सुन्तला रोपणसम्मका सम्पूर्ण बिधि र उपकरण लगायतको प्याकेजमै ५० प्रतिशत अनुदान पाउनेगरेको सुपरजोन कार्यालय प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिनुभयो । चक्लाबन्दीमा सुन्तला रोपण गरे पनि स्वामित्व भने ब्यक्तिको नै हुने बताइएको छ ।

वालिङ् नगरपालिका १३ स्थित पाखापानी कृषि समूहका अध्यक्ष भूपराज जि.टी.ले भन्नुभयोे, ‘सुन्तला रोपणमा गरेको मेहनत खेरा जादैन। मेहनत भन्दा कयौंगुणा फल मिल्छ। समयानुसार गोडमेल, सिचाई र खाद्यपदार्थ दिएमा सुन्तला हाम्रा लागि बरदान हो ।’
घर र बस्ती नै ढाकिनेगरी बढेको बनजंगल फाडेर पाखापानी समूहले सुन्तला रोपेका छन्।

पानीको अभाव रहेको सो क्षेत्रमा खानेपानीका टंकी सहित पानीको जोहो गरेर सुन्तलामा सिंचाई पुरयाइएको वडाअध्यक्ष नमलाल डुम्रे भन्नुहुन्छ । उहाका अनुसार अहिले झण्डै ५ हजार सुन्तलाका विरुवा रोपिए। अझै बिस्तारको अभियानमा छौं ।
धेरैमा ३०÷४० वटा मात्र सुन्तला भएकोमा अहिले झण्डै ५ हजार बिरुवा रोपिएको बताउनुहुन्छ चन्द्रकला जिटी.। हाम्रा बाजेबज्यैहरुले रोपेको सुन्तला हुर्काउदै अलि अलि खादै आएका थियौं। यसरी रोप्नु पर्दौ रहेछ। त्यो ज्ञान हामीलाई थिएन। उत्पादन पनि राम्रो हुदैनथ्यो।

अहिले रोपेदेखि गोलमेल लगायतका स्याहारसुसारको तालिम पाएका छौं। अव राम्रोगरी हुर्कानेछौ र आम्दानी लिनेछौं ६४ बर्षिया जि.टीले भन्नुभयो । नगरको भित्री जनजातीको बाहुल्यता रहेको यहाँ यस्ता प्रबिधि र तालिम पाएपछि निकै होैसिएका देखिन्थे ।

२०७३ सालमा सुन्तला जोन संचालनको स्वीकृत पाएको स्याङ्जा दुईबर्षपछि नै सुपरजोनमा परिणत भएको हो । यहाँका पुतलीबजारका ८ वटा वडामा, भिरकोटको ५ वडामा, वालिङको एउटा वडा र अर्जुनचौपारी गाउँपालिकाको २ वटा वडामा परियोजना संचालमा छ ।

स्याङ्जाको झण्डै २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ । यसबर्ष स्याङ्जामा १ अरब ३८ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । स्याङ्जाका ११ पालिकाका ९७ वडामध्ये ५÷७ वडा बाहेक सबै वडाहरुमा सुन्तलाले राम्रो उत्पादन दिदै आएकोछ ।

पछिल्लो समय परियोजना लागु भएसंगै यहाँका किसानले कृषि उपकरणसंग, मल, जल र परिश्रम गर्नमा समेत सहज बनेको सुन्तला सुपरजोन परियोजना संचालक समितिका पूर्वअध्यक्ष फणिनारायण अर्यालले जानकारी दिनुभयो ।

उहाले भन्नुभयोे, झण्डै ५० बर्षअघि मैले एउटा÷एउटा बिरुवा कान्ला र गह्रामा रोप्थे। तर, अहिले त्यस्तो गरेर भएन, ब्यवसायिकतमै जान र राम्रो आयआर्जन लिनका लागि चक्लाबन्दी प्रभावकारी देखिएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP