वालिङमा लम्पी स्किनबाट बचाउन गाईभैँसीलाई भ्याक्सिन

वालिङ :

वालिङमा पशुमा लाग्ने रोग लम्पी स्किन देखिएपछि रोग विरुद्ध भ्याक्सिन लगाईएको छ । देशका विभिन्न जिल्लाहरुमा फैलिएको लम्की स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरुमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भईरहेको छ ।
गाईगोरु तथा भैँसीहरुका लागि लम्पी स्किन रोग विरुद्ध लम्की शील्ड एन भ्याक्सिन लगाईएको छ । वालिङमा पहिलो पटक सुकौँदीमा रहेको गौशालाका गाईहरुमा लम्की स्किन देखिएको थियो ।
गौशालामा रहेका करिव १५ गाईहरुमा लम्की स्किनको लक्षण देखिएपछि १० ओटा गाईहरुको नमुना परिक्षणका लागि क्षेत्रिय पशु तथा अनुसन्धान पोखरामा पठाईएको थियो । अनुसन्धानले गौशालाका ४ गाईहरुमा लम्पी स्किन पुष्टी गरेपछि यसविषयमा कृषकहरुलाई जनचेतना जगाउने र स्वस्थ पशुहरुमा भ्याक्सिन लगाउने कार्य गरिएको वालिङ नगरपालिका पशुसेवा शाखा प्रमुख लेखनाथ अर्यालले बताउनुभयो

अहिले गौशालामा लम्पी स्किन देखिएका गाईहरु निको भएका छन् । त्यस्तै वडा नं. ९, १२, १४ र ५ मा समेत लम्पी स्किन देखिएपछि नगरपालिका पशुसेवा शाखाले विभिन्न संचार माध्यमबाट जनचेतना जगाउने तथा विभिन्न तालिमका अवसरहरुमा यससम्बन्धी कृषकहरुलाई सचेत गराउने गरिएको प्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले २५ सय डोज भ्याक्सिन किनेर अहिले धमाधम पशुरुमा खोप लगाउने कार्य गरिएको उहाँले जानकारी दिनुभयो ।
लम्पी स्किनबाट बच्न भ्याक्सिन मात्रै एक विकल्प हो । शुरुमा नगरपालिकाका १४ वटै वडामा पुगेर व्यवसायिक फर्महरुमा खोप लगाईएको प्रमुख अर्यालले बताउनुभयो । यो भ्याक्सिन रोगको लक्षण देखिएका गाईगोरुमा भने लगाउनु हुँदैन । अव वडा नं. ८ का केही फर्म र १ को केही फर्महरु बाँकी रहेकाछन भने अन्य व्यवसायिक फर्महरुमा रहेका गाईगोरु तथा भैँसीलाई खोप लगाईएको छ ।

प्रमुख अर्यालले भन्नुभयो, ‘आईतबार वडा नं. ४, ५ र ११ का कृषकहरुको घरघरमा रहेका पशुहरुमा खोप लगाईएको छ । कृषि प्राविधिकहरुले कृषकहरुलाई रोग सम्बन्धी जानकारी गराउँदै पनि आउनभुएको छ ।’ यो रोग लागेमा पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलिने, दुध दिन छाड्ने र अन्तमा पशुको मृत्यु समेत हुन सक्छ ।
पशुहरुमा यस्ता लक्षण देखिएमा उक्त पशुलाई अलग राख्ने, मान्छेको आवातजावात रोक्ने र तुरुन्त वडा कार्यालय, नगरपालिका तथा पशुसेवा शाखा कार्यालय वा सम्बन्धीत निकायलाई खबर गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

लम्पी स्किन रोगवाट वालिङ नगरपालिका भित्र हाल सम्म १ सय ५० वटा पशुहरु सक्रमित भएका छन । हालसम्म ८ सय वटा पशुहरुलाई यो रोगको भ्याक्सिन लगाउने काम सम्पन्न भईसकेको छ । व्याबसायिक फार्मका गाई भैसी लाई पहिलो प्राथमितामा राखी भ्याक्सिनेशन गरिएको हो ।

Facebook Comments Box
TOP