हरिनास गाउँपालिकाको गाउँसभामा विवाद
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
हरिनास गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेसनमा विवादमा परेको छ । गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो । वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट पेश भएको भन्दै वडा अध्यक्ष र सदस्यहरुले सभा बहिस्कार समेत गरेको जानकारी दिएका छन् । आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत अपनाउनु पर्ने प्रक्रिया समेत नअपनाएर बहुमतको दम्भ देखाउदै एकलौटी ढंगले बजेट पेस गरिएको आरोप उनीहरुको छ ।
वडा नम्बर १, २ र ५ का वडा अध्यक्ष सहित १६ जनाले सदस्यले हस्ताक्षर गरेर बजेट पुन शंसोधन गर्न माग गरेका छन् । स्थानीय सरकार संचालन ऐनको दफा ७१ को व्यवस्थालाई कार्यन्वयन गरी बजेट शंसोधन गरेर मात्रै गाउँसभा सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका छन् । शंसोधन नगरी यही सभाले बजेट पास गरेर कार्यन्वयनमा गएमा अन्य प्रक्रियामा जाने चेतावनी सहित उनीहरुले अध्यक्ष मानन्धरलाई ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिकामा प्रतिपक्षको रुपमा रहेको गठबन्धनका जनप्रतिनिधिले वडाबाट सिफारीस गरेका कुनैपनि योजनालाई बजेटमा नसमेटिएको आरोप छ । वडाका जनताको चाहाना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दुखद भएको वडा अध्यक्ष निर्मल लम्सालले बताए । उनका अनुसार आज पेश भएको बजेट शंसोधन नगरेमा पालिकालाई दिइने योजनाको सिफारीसमा समेत रोक लगाइने जानकारी दिए । बेला—बेलामा विवादित बन्दै आएका गाउँपालिका अध्यक्ष मानन्धरले गत आर्थिक बर्षमा पनि बजेट बिनियोजनमा बिभेद गरेका थिए ।
गाउँपालिकाको १३ औं अधिवेसनले झण्डै ४३ करोडको बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले १३ औं अधिवेसनमा उक्त बजेट पेश गरेकी थिइन् । बजेटको पुर्णपाठ सुनाएपछि प्रतिपक्षदल नेपाली काँग्रेस र नेकपा माओवादीका सदस्यहरुले सभा बहिष्कार गरी बाहिरीएका थिए । नेकपा एमाले पार्टीबाट पुन दोस्रो पटक निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानन्धरले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउदै आएको आरोप लाग्दै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


