गल्याङमा उपप्रमुखसँग “महिला शिक्षक” अभिमुखीकरण कार्यक्रम

Guru Bhattarai Hema Neupane Galyang

गल्याङ :


गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ नगरको शिक्षालाई गुणस्तरीय र प्रभावकारी समयानुकुल बनाउने अभियानमा गल्याङ नगरपालिका र आफू निरन्तर लागि परेको बताउनु भएको छ ।
उपप्रमुखसँग महिला शिक्षक अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले शिक्षकहरुको समस्याका बारेमा आफू सचेत रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“शिक्षक त्यसमा पनि महिला शिक्षकहरु ठूलो जिम्मेवारीका साथ विद्यालय सम्म पुग्नु पर्ने अवस्था रहेको छ, उनीहरुलाई सहज रुपमा विद्यालय सम्म पुग्ने र आफ्नो जिम्मेवारी वहन गर्न सक्षम बनाउनु हाम्रो जिम्मेवारी हो ।”
विस पचिच्स वर्ष अगाडि प्रभावकारी र गुणस्तरीय शिक्षा आफूले पनि प्राप्त गर्न नसकेको अनुभव सुनाउदै प्रमुख भट्टराईले समयानुकुल र व्यावहारिक जीवन उपेयागी, प्रविधिमैत्री शिक्षाले मानवीय जीवनलाई सहज बनाउने बताउनु भयो ।
शिक्षामा राम्रो प्रतिफल दिन सक्यौं भनेमात्रै बसाई सराई रोक्न सकिने र शिक्षाले नै मानवलाई विबेकशील बनाउने भएकाले सीपयुक्त र गुणस्तरीय शिक्षाको पक्षमा नगरपालिका लागेको बताउनु भयो ।
सकरात्मक चिन्तन लिएर अगाडि वढ्न सके गल्याङ नगरलाई समृद्व नगर निर्माणमा टेवा पुग्ने बताउदै आगामी आर्थिक वर्षमा पनि शिक्षाको क्षेत्रमा प्रभावकारी रुपमा बजेट व्यवस्थापन गर्ने पक्षमा आफू रहेको र सबैको साथ सहयोग र रचनात्मक र सिर्जनात्मक सुझावको अपेक्षा गरेको नगर प्रमुख भट्टराईले बताउनु भयो ।


कार्यक्रममा नगरउपप्रमुख हेमा न्यौपानेले महिला शिक्षकहरुको मनोवल बढाउने तथा उनीहरुको क्षमतामा वृद्धि गराउने लक्ष्यका साथ कार्यक्रम राखिएको बताउनु भयो । उहाँले भन्नुभयो,“महिला शिक्षकहरु भन्ने वित्तिकै समाजले हेर्नेे दृष्टिकोण फरक खालको छ हामीले यसमा परिवर्तन ल्याउनु पर्नेछ ।”
नगरभित्रका महिला शिक्षकहरुसँग अन्तररक्रिया र छलफल गर्न पाउदा आफूलाई थप उत्साह मिलेको उपप्रमुख न्यौपानेको भनाई छ ।
कार्यक्रमा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय दामोदर शर्मा, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख केदार आचार्य,गल्याङ नगरपालिका वडा नम्बर १० का पुर्व वडाअध्यक्ष धुर्ब शर्मा पंगेनी, प्रशिक्षक सञ्चारिका समूह पाल्पाका अध्यक्ष विन्दु थापा, भानुभक्त आचार्य माध्यमिक विद्यालयका शिक्षिका इन्दिरा लुईटेल, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसा भण्डारी, चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक बिष्णु कुमारी श्रेष्ठ, भानुभक्त आचार्य माविकी शिक्षिका बोला पाठक लगायतले बोलेका थिए ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिकाका कम्प्यूटर अपरेटर साधना न्यौपाने गर्नु भएको थियो ।

 

Facebook Comments Box
TOP