पदमार्ग निर्माण पछि धार्मिक स्थल डहरेदेउराली पुग्न सहज
वालिङ :
धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा रहेको डहरेसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण भएसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ मा अवस्थित डहरे देउरालीसम्म भक्तजन पुग्न सहज हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा बयालेदेखि लिलिङसम्मको अप्ठ्यारो बाटोमा पदमार्ग निर्माण गरिएको डहरे बयाले घनटे मल्कवाङ एकानन्द गुफा उपभोक्ता समितिका अध्यक्ष भद्रबहादुर गुरुङले बताउनुभयो ।
समुद्र सतहदेखि दुई हजार दुई सय ६० मिटरको उचाइमा अवस्थित डहरेसम्म पुग्न यसअघिका वर्षमा रु ६५ लाखको लागतमा एक दशमलव छ किलोमिटर पदमार्ग निर्माण भइसकेको उहाँले बताउनु भयो । चालु आर्थिक बर्षमा ढुङ्गा छापेर चार सय ३० मिटर लम्बाइको पदमार्ग निर्माण गरिएको छ ।
अब बयालेदेखि लिलिङबीचमा करिव डेढ किमी पदमार्ग निर्माण गर्न बाँकी छ । साँघुरो र उकालो बाटो भक्तजन आउनु पर्दा अप्ठ्यारो भएपछि पदमार्ग निर्माण गरिएको मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरे स्याङ्जा, पर्वतका अध्यक्ष बाबुराम शर्माले बताउनुभयो ।
विशेष गरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीलगायतका चाडपर्वका समयमा यहाँ दर्शनार्थीको भीड लाग्ने गर्छ । यी चाडबाहेक अन्य दिनमा पनि यहाँ दर्शनार्थी पूजापाठ गर्न आउने गर्दछन् यस्तै बाला चतुर्दशीमा शतबीज छर्ने, तोरण टाग्नेको बर्सेनि भीड रहने गरेको छ ।
‘डहरा’ ऋषिले तपस्या गरेको ठाउँ भएकाले पछिल्लो समयमा डहरे देउरालीको नामबाट चिनिने गरिएको छ ।
स्याङ्जा र पर्वतको सङ्गमस्थल अर्जुनचौपारी–५ मा रहेको डहरे धार्मिक, ऐतिहासिक क्षेत्र मात्रै नभई प्रचूरमात्रामा पर्यटकीय सम्भावना बोकेको स्थल पनि हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


