स्याङ्जाको भीरकोटमा आगलागि, ५० लाख बढिको क्षती ।
स्याङजा, २७ जेठ ।
स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. १ मा रहेको झरना फोटो स्टुडियोमा गएराती आगलागि हुँदा लाखौंको क्षती भएको छ । बयरघारी बजारमा रहेको पसलमा गएराती एक बजेतिर लागेको आगोले ५० लाख भन्दा धेरै क्षती पुर्याएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । क्षतीको विवरण संकलन गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
पसलमा रहेका ४ वटा भिडियो खिच्ने क्यामेरा,५ वडा ल्याप्टप, दुई वटा डेस्क टप, २ वटा प्रिन्टर,विक्रिका लागि राखिएका खेलकुदका सामग्रीहरु लगायतका समानहरु पूर्णरुपमा जलेर नस्ट भएको पसलका सञ्चालक राजेश पौडेलले जानकारी दिनुभयो ।
रातको समयमा भएको आगलागिका कारण कुनै पनि समान बाहिर निकाल्न नसकिएको पौडेलले बताउनु भयो ।
आगो वालिङ नगरपालिकाको दमकल,स्थानीय तथा प्रहरीको सहकार्यमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागिको कारण भने नखुलेको नेपाली कांग्रेस भीरकोटका सभापति यामप्रासद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“प्रहरी प्रशासनको सहकार्यमा मुचुल्का उठाउने काम हुँदैछ ।”



समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


