आँधीखोला गाउँपालिकाको नयाँ भवन तयार, आज पूर्व प्रम ओलीले उद्घाटन गर्ने ।

Aandhikhola gaupalika bhawan

वालिङ, जेठ २६ गते ।

आँधीखोला गाउँपालिकाले पनि नयाँ भवनबाट सेवाप्रवाह गर्ने भएको छ । वडा नं. ५ मा निर्माण गरिएको सुविधान सम्पन्न भवनबाट सेवाप्रवाह गर्न लागेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो ।
प्रशाससकीय भवन पाँच करोड ६४ लाखको लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । २०७६ जेठ १० मा देव एन्ड शायर क्याराभान जेभी निर्माण सेवासँग संझौता भई निर्माण सम्पन्न भएको अध्यक्ष पौडेलको भनाई छ ।
स्थापनाकाल देखि नै सेवा प्रवाह गर्दै आएको अस्थायी कार्यालय साँधुरो भए पछि केही महिना अगाडि कार्यालयबाट सेवा दिन शुरु गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,“अस्थायी कार्यालय सञ्चालन गरेको कृषि सेवा केन्द्रको भवन निक्कै साँधुरो थियो त्यसैले नयाँ भवनबाट सेवा दिन शुरु गरेका थियौं, अव भने अ‍ैपचारिक रुपमा नै कार्यालय सञ्चलनमा ल्याउने छौं ।
स्थानीय ११ जना जग्गादाताले उपलव्ध गराएको २७ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा प्रवाह सहज हुने र सेवाग्राहीलाई पनि सेवा लिन सहज हुने उहाँको भनाई छ । दुई सुविधा सम्पन्न सभाहल सहित ३६ कोठा रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच आँधीखोला गाँउपालिकाको औपचारिक उद्घाटन शुक्रवार आज नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP