वालिङले खुलायो जग्गाको कित्ताकाट
वालिङ :
लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोवारमा समस्या हुदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् । ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट शुरु गरेको छ । राष्ट्रिय भु–उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको बर्गिकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुने भएको हो ।
आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । वालिङ नगरपालिका भित्रका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सुचनामा उल्लेख छ । नगरपालिकाका वडा नं.६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । कित्ताकाट शुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कित्ताकाट गरिएका वडाका नागरिकहरुले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।
वालिङ नगरपालिकाले कृषि र गैह्र कृषि जग्गा सहित राष्ट्रिय भु—उपयोग ऐन २०७६ अनुसार छुट्टाएर पठाएकोले अब कित्ताकाट शुरु हुने मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले जानकारी दिए । मापदण्ड पुगेर आएका जग्गाको काम हुने उनले बताए । नगरपालिकाले आंशिकरुपमा मात्रै कित्ताकाट शुरु गरेपछि नागरिकमा असन्तुष्ट देखिएको छ । १, २, ३, ४, ५, ७, ११, १२, १४ लगायतका वडाहरुको कित्ताकाट भने केहीदिन पछि शुरु हुने नगर प्रमुख कृष्ण खाँणले बताए । १४ वडा रहेको नगरपालिकामा ५ ओटा वडामा मात्रै कित्ताकाट शुरु हुने र अन्य ९ ओटा वडाको कित्ताकाट खुलाउन ढिलाई गरेको भन्दै नागरिकले असन्तुष्टि पोखेका हुन् । नगरपालिकाले कित्ताकाट खुलाएका वडाहरु सिद्धार्थ राजमार्गले छोएको छ । राजमार्गले छोएका जग्गालाई घरबाटो कायम गर्न र गैह्र कृषियोग्य जमिन भन्न सजिलो भएकाले बर्गिकरणमा सहज भएको बताइएको छ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


