वालिङले खुलायो जग्गाको कित्ताकाट

वालिङ :
लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोवारमा समस्या हुदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् । ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट शुरु गरेको छ । राष्ट्रिय भु–उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको बर्गिकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुने भएको हो ।
आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । वालिङ नगरपालिका भित्रका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सुचनामा उल्लेख छ । नगरपालिकाका वडा नं.६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । कित्ताकाट शुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कित्ताकाट गरिएका वडाका नागरिकहरुले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।
वालिङ नगरपालिकाले कृषि र गैह्र कृषि जग्गा सहित राष्ट्रिय भु—उपयोग ऐन २०७६ अनुसार छुट्टाएर पठाएकोले अब कित्ताकाट शुरु हुने मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले जानकारी दिए । मापदण्ड पुगेर आएका जग्गाको काम हुने उनले बताए । नगरपालिकाले आंशिकरुपमा मात्रै कित्ताकाट शुरु गरेपछि नागरिकमा असन्तुष्ट देखिएको छ । १, २, ३, ४, ५, ७, ११, १२, १४ लगायतका वडाहरुको कित्ताकाट भने केहीदिन पछि शुरु हुने नगर प्रमुख कृष्ण खाँणले बताए । १४ वडा रहेको नगरपालिकामा ५ ओटा वडामा मात्रै कित्ताकाट शुरु हुने र अन्य ९ ओटा वडाको कित्ताकाट खुलाउन ढिलाई गरेको भन्दै नागरिकले असन्तुष्टि पोखेका हुन् । नगरपालिकाले कित्ताकाट खुलाएका वडाहरु सिद्धार्थ राजमार्गले छोएको छ । राजमार्गले छोएका जग्गालाई घरबाटो कायम गर्न र गैह्र कृषियोग्य जमिन भन्न सजिलो भएकाले बर्गिकरणमा सहज भएको बताइएको छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…