ब्यक्ति र ब्यक्तित्व विकास सम्बन्धि ५ दिने तालिम सुरु
भवानी अधिकारी,
स्याङ्जा ९ जेठ :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ब्यक्तित्व विकास तथा उदघोषण कला तालिम सोमबारदेखि सुरु गरेको छ ।
मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोगमा पुतलीबजार स्थित संघको सभाहलमा ५ दिने उदघोषण तालिम सुरु भएको हो ।
तालिमको उदघाटन गर्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले कृषिका लागि स्याङ्जाको प्रचुर संभावना रहेको बताउदै उहाले कृषि मार्फत आय आर्जनमा जोडिनुपर्ने बताउनुभयो ।
आयआर्जनसंगै ब्यक्ति र ब्यक्तित्वको विकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो । ब्यक्ति र सुन्दर भावना सहितको ब्यक्तित्वले मात्र सफलता प्राप्त गर्ने हुदाँ यस्ता कार्यक्रमले हाम्रा ब्यक्तित्व निखार्न प्रभावकारि भूमिका खेल्ने उहाको भनाइ छ ।
कार्यक्रममा प्रशिक्षक एवं पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सिलाई कटाई ब्यवसायी संघका अध्यक्ष रामचन्द्र नेपाली, अर्जुनचौपारी ईकाई संघका शोभाकान्त रिमाल, स्याङ्जा उद्योग वाणिज्य संघका सदस्य रविन केसी, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्यसंघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षताा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं महासचिव रामचन्द्र नेपालले संचालन र तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
तालिममा बिभिन्न क्षेत्रसंग आवद्ध ४० जना युवा, युवती तथा महिलाको सहभागिता छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


