अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा आँधीखोला गाउँपालिका प्रथम
पुतलीबजार :
स्याङ्जाको पुतलीबजार नगरपालिकाको समन्वय तथा सामाजिक विकास कार्यालय र जिल्ला बाल क्लव स्याङ्जाको आयोजनामा अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर गरिएको हाजिरीजवाफ प्रतियोगितामा आँधीखोला गाउँपालिका प्रथम, कालीगण्डकी गाउपालिका द्धितिय, भीरकोट नगरपालिका तृतीय र अर्जुनचौपारी गाउँपालिकाले सान्तवना भएका छन् । सामान्य ज्ञान, श्रब्यदृश्य, श्रब्य र दृश्य गरेर ४ बिधिबाट सोधिएका प्रश्नहरुका जवाफ दिदै आधीखोला र कालीगण्डकी प्रथम/प्रथम र भीरकोट र अर्जुनचौपारीले द्धितिय स्थान पाएपछि फेरि दोश्रो चरणको प्रश्नले आधीखोलालाई प्रथम र कालीगण्डकीलाई द्धितीय स्थान बनायो ।

भीरकोट र अर्जुनचौपारीले भने फेरि पनि बराबर अंक ल्याएपछि चिट्टा मार्फत तृतीय र सान्वना बनाउनु परेको थियो । प्रतियोगितामा फेदिखोला गाउँपालिका बाहेक अन्य १० वटै पालिकाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत बालबालिकाको सहभागिता थियो । प्रथम हुने समूहले १० हजार, द्धितिय हुनेले ७ हजार, तृतीय हुनेले ५ हजार र सान्तवना हुनेले ३ हजार नगद सहित प्रमाणपत्र पाएका छन् । बिजयी बिद्यार्थीलार्ई पुरस्कार एवं प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले प्रतियोगितामा हारजीत हुने भएकाले यसलाई स्वीकार गर्दे आगामी दिनमा अझ राम्रो गरेर अघि बढ्न सुझाव दिनुभयो । नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख इश्वरीप्रसाद रेग्मीले स्वागत एवं शाखा अधिकृत शोभाचन्द्र रेग्मीले संचालन गर्नुभएको थियो ।

त्यस्तै प्रभात फेरी पनि गरिएको छ । पुतलीबजार नगरपालिकाको प्राङगणबाट शुरु भएको प्रभातफेरी घुम्ती, शहिदचोक, हुलाक रोड, ट्राफिक चोक, अभियानपथ हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले राज्यलाई नेताहरुले सहि बाटोमा नहिडालेका बताउदै सबैले खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


