तीनतहको सहकार्यमा गरिने विकास निर्माण दिगो : मन्त्री तिवारी

गल्याङ :
गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले तीन तहका सरकारका समन्वयमा विकास निर्माण गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘तीनतहको सहकार्यमा गरिने विकास निर्माणले मात्रै दिगो विसका सम्भव हुन्छ ।’
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ स्यालबास स्थित सत्यशिला माध्यमिक विद्यालयको प्रथम ऐतिहासिक अभिलेखिकरण तथा ६४ औँ वार्षिकोत्सव कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिवारीले यस्तो बताउनु भएको हो ।
मन्त्री तिवारीले देशमा संघीय संरचना कार्यान्वयन भएपनि अझै पनि नागरिकको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताउनु भयो । अव हाम्रो ध्यान नागरिकका आधारभूत आवश्यक्ता परिपूर्ती तर्फ हुनेछ ।
प्रदेश सरकारले एक घर एक धारा अभियान चलाईरहेको भन्दै त्यो अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागी वर्तमान सरकार लागी परेको मन्त्री तिवारीको भनाई छ ।
सडक पुर्वाधारको विकास गर्दै स्थानीयले उत्पादन गरेका उपजहरुको बजारीकरण गर्दै जिल्लाका विकट मानिएका वडाहरुको पहिचान गरी नागरिकको जिवनस्तरलाई सहज बनाउने प्रयास प्रदेश सरकारको रहने मन्त्री तिवारी जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेश भट्टराईले सामुदायिक विद्यालयमा राज्यले धेरै खर्च तथा लगानी गरेको भन्दै अपेक्षित उपलब्धी हाँसिल गर्न नसकेकोे बताउनुभयो । प्रतिविद्यार्थी राज्यले हजारौँ खर्च गरेपनि सोहि अनुसारको उपलब्ध लिन नसकिएको अवस्थामा राज्यका सम्बन्धीत निकाय तथा शिक्षक, अभिभावक र विद्यार्थी पनि यसमा गम्भीर हुनुपर्ने सांसद भट्राईको भनाई छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, संस्थापक देवी प्रसाद बस्याल, पूर्व अध्यक्ष जय बहादुर भट्टराई लगायतले ग्रामिण क्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गरेर बसाई सराई रोक्नु पर्ने र विद्यार्थीहरुलाई समयानुकुल व्यवहारिक जीवन उपयोगी शिक्षा प्रदान गर्नु पर्ने कुरा बताएउनु भयो ।
कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योग्दान पु¥याउने जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समिति,पूर्व प्रअहरु,पूर्वशिक्षक लगायतलाई सम्मान साथै स्मारीका विर्मोचन गरिएको थियो । कार्यक्रम बैशाख २८ गते उद्घाटन गरिएको कार्यक्रम तीन दिन सम्म सञ्चालन भई ३० गते सम्पन्न भएको थियो । कार्यक्रममा हास्य कलाकार पुरुषोतम भण्डारी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ड्याम बहादुर पाडे मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य हुम बहादुर क्षेत्रीले र कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थीहरु द्वय श्याम राना मगर र कल्पना पाडे मगरले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…