सडक फराकिलो पार्दै गल्याङ नगरपालिका
वालिङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका साँघुरा सडकलाई फराकिलो पार्न सुरु गरेको छ । साँघुरो सडकका कारण ग्रामीण भेगमा दुर्घटना बढेको भन्दै पालिकाको पहलमा सडक फराकिलो पार्न सुरु गरिएको हो ।
पहिलो चरणमा गल्याङ चापाकोट सडक खण्डमा फराकिलो पार्ने र पक्की पर्खाल उठाउने काम सुरु गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । पालिकाभित्र जनघनत्व धेरै भएको क्षेत्रलाई प्राथमिकतामा राखेर सडकको व्यवस्थापन गर्ने काम सुरु गरेको उहाँको भनाइ छ ।
अन्य सडकको पनि लगत लिने काम सुरु गरेका छौँ, प्रमुख भट्टराईले भन्नुभयो, ‘क्रमागत रूपमा स्तरवृद्धि गर्ने काम गर्ने योजना छ ।’ गाउँका सडक अत्यन्तै साँघुरा र समस्याग्रस्त हुँदा दुर्घटना जोखिम बढ्यो, त्यसैले ग्रामीण सडक फराकिलो पार्न लागिएको प्रमुख भट्टराईले बताउनुभयो ।
सडकको स्तर वृद्धिका लागि छुट्याइएको बजेटमार्फत सो खण्डमा काम सुरु गरिएको छ । गल्याङ नगरपालिका र चापाकोट नगरपालिका जोड्ने सडकको केही भागमा स्तरवृद्धिको काम सुरु गरिएको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।
प्रमुख अर्यालका अनुसार तत्काल ७० लाख बजेटमार्फत गल्याङ बजार नजिकै स्तरोन्नति गर्न सुरु गरिएको हो । जिल्लाका अन्य सडकको पनि स्तरवृद्धिका लागि माग भएको उहाँको भनाइ छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


