स्याङ्जाको पुतलीबजार र गल्याङबाट पनि श्रम स्वीकृति सेवा सुरु
स्याङ्जा : जिल्लाको पुतलीबजार र गल्याङ नगरपालिकाले पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ।
नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका-४ निवासी लोकबहादुर सुनारलाई पुनः श्रम स्वीकृति प्रदान गरी सो सेवाको शुभारम्भ गरेका हुन्।
गल्याङ नगरपालिकाले पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ। नगरप्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ-२ का सुरज नेपालीलाई पालिकाकाट पहिलो पटक सो सेवा प्रदान गरेर सुरु गरेका हुन।
वैदेशिक रोजगारीमा जान लागेका पुतलीबजारका सुनार र गल्याङका नेपालीले आआफ्नो पालिकाबाटै श्रम स्वीकृति सेवा पाउदा निकै खुशी लागेको बताए।
पछिल्लो समय स्याङ्जाका ११ पालिकामध्ये भीरकोट, वालिङ्, गल्याङ र पुतलीबजारले श्रम स्वीकृति सेवा प्रवाह गरेका छन्। स्याङ्जाबाट वैदेशिक रोजगारमा जानेको संख्या धेरै छ।
वैशाख १ गतेदेखि स्थानीय पालिकाबाट सेवा लिन पाउने व्यवस्था गरिएपछि रोजगारीका लागि विदेशमा जानेहरूका लागि निकै सजिलो बनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


