स्याङ्जाको पुतलीबजार र गल्याङबाट पनि श्रम स्वीकृति सेवा सुरु

स्याङ्जा : जिल्लाको पुतलीबजार र गल्याङ नगरपालिकाले पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ।
नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका-४ निवासी लोकबहादुर सुनारलाई पुनः श्रम स्वीकृति प्रदान गरी सो सेवाको शुभारम्भ गरेका हुन्।
गल्याङ नगरपालिकाले पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ। नगरप्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ-२ का सुरज नेपालीलाई पालिकाकाट पहिलो पटक सो सेवा प्रदान गरेर सुरु गरेका हुन।
वैदेशिक रोजगारीमा जान लागेका पुतलीबजारका सुनार र गल्याङका नेपालीले आआफ्नो पालिकाबाटै श्रम स्वीकृति सेवा पाउदा निकै खुशी लागेको बताए।
पछिल्लो समय स्याङ्जाका ११ पालिकामध्ये भीरकोट, वालिङ्, गल्याङ र पुतलीबजारले श्रम स्वीकृति सेवा प्रवाह गरेका छन्। स्याङ्जाबाट वैदेशिक रोजगारमा जानेको संख्या धेरै छ।
वैशाख १ गतेदेखि स्थानीय पालिकाबाट सेवा लिन पाउने व्यवस्था गरिएपछि रोजगारीका लागि विदेशमा जानेहरूका लागि निकै सजिलो बनाएको छ।
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…