ज्यान मुद्दामा अनुसन्धान फितलो भएको पीडितको गुनासो

स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो गरेको भन्दै गल्याङ नगरपालिका वडा नं. ६ का महिलाहरुले दिनहुंजसो जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालत स्याङ्जा घेराउ गरेका छन् । पीडितलाई न्याय दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालत स्याङ्जामा घेराउ गरी उनीहरुले दबाब सृजना गरेका हुन् । घरायसी विवादका कारण श्रीमान र जेठाजुको कुटपिटबाट स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ निवासी कमला न्यौपाने सुवेदीको मृत्यु भएको थियो । गत माघ २२ गते राती भएको कुटपिटबाट गम्भीर घाइते भएकी न्यौपानेको चैत्र ७ गते काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
घटना शंकास्पद भएपछि मृतक न्यौपानेका दुई छोरी र एक छोरासहित माइती पक्षले ४ जना विरुद्ध उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरिएको थियो भने मृतकका श्रीमान् लक्ष्मीप्रसाद न्यौपानेले कुटपिट गरेको स्वीकार गरेपछी कर्तव्य ज्यान मुद्दा अगाडि बढाइएको र पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो । घटनामा संलग्न अमाजुलाई म्याद थप गरी अनुसन्धान गरिरहेको र जेठाजु केशवराज न्यौपानेलाई जिल्ला अदालत स्याङ्जाले दुई लाख धरौटीमा छाडिदिएको थियो । धरौटीमा छुटेका जेठाजु केशवराज न्यौपानेलाई समेत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै महिलाहरुले प्रहरी कार्यालय र जिल्ला अदालत घेराउ र नारबाजी गरेका थिए । फरार रहेका न्यौपानेलाई पुन पक्राउ गर्नुपर्ने उनीहरुको माग छ । मृत्यु भैसकेको व्यक्तिलाई न्याय नदिई राजनैतिक दबाबमा अनुसन्धान फितलो गरेको, प्रहरी र अदालत दुबै पैसामा बिकेको भन्दै महिलाहरुले अदालत र प्रहरी विरूद्ध नाराबाजी गरेका थिए । महिलाहरु र माइती पक्षको टोलीले दबाब सहित न्यायका लागि जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा प्रहरीसंग हातपात हुँदा मृतकका भाइ जीवन सुवेदी घाइते समेत भएका छन् ।
आमा गुमाएकी पीडित छोरी कृसला न्यौपानेले भनिन् ‘माघ २२ गते राति १० बजेको समयमा कुटपिट गरी करिब १५ घण्टा कोठामा गाउँका कोहीकसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलिपल्ट करिब १२ बजे तिर दाइलाई फोन गरि ममिलाई प्रेसरले हानेर वाथरुममा लडी भनेर बुबाले भन्नु भएको, ठूलो बुबाले केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ, फुपुले सेउला लिन जादा भारिसँग खरबारीबाट लडेकी हो भन्ने, हजुरआमाले थाहा छैन भन्ने ठूलीआमा र भाऊजूलाई सोधेको केही भाको छैन भर्खरै गएर आएको भन्नु भएको रहेछ । म पनि घटना घटेको दिन सानोआमा सावित्राको घरमा वसेको थिए र भोलिपल्ट कलेज सकेर घरमा जादा वाटोमै फुपुदिदी आई आमालाई प्रेसरले हानेर हस्पिटल लगेका छन् पिर नगर भन्नु भो । घरमा पुगि हेर्दा चुरापोतेका टुक्रा र रगतको भेल देखे अनि अतालिदै ठूलोवुवाको घर पुगे र सोधे ममिलाई के भएको हो र ? कसैले केहि वोल्न चाहानु भएन प्रेसरले हानेर हस्पिटल लगेको मात्रै भन्नु भो’ भन्दै मृत्यु अस्वभाविक भएको कुरा बताएकी छन् ।
यता जिल्ला प्रहरी कार्यालयले दोश्रो मुद्दामा पक्राउ पूर्जी जारी भएको केशवराज न्यौपानको खोजी कार्यमा प्रहरी तल्लीन भएर लागपिरेको बताएको छ । हाल केशवराज न्यौपाने फरार छन् । उनको खोजीकार्य जारी रहेको तथा प्रहरी सुक्ष्म अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताए । तर प्रहरीको यो भनाइले पीडितलाई कत्ति पनि चित्त बुझेको छैन् । पीडितका आफन्त तथा भाई तेजप्रसाद सुवेदीले अनुसन्धान सुरुदेखि नै फितलो भएको दावी गरे । उनले भने, ‘यस्तो जघन्य अपराधमा पनि अनुसन्धान फितलो हुनु भनेको दोषीलाई उम्कन दिने षडयन्त्र त हैन् भन्ने शंका लागेको छ ।’ पीडितलाई न्याय भन्दा पनि अपराधीलाई उन्मुक्ति दिनेतर्फ न्यायालय र प्रहरी प्रशासन लागेको सुवेदीको आरोप छ । राजनीतिक आडमा मुद्दालाई कमजोर पार्न खोजेको पीडितको भनाई छ । फरार केशवराज न्यौपाने नेकपा एमालेका टोल कमिटी अध्यक्ष हुन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP