पत्रकार लामिछानेलाई पितृ शोक ।
वालिङ :
पत्रकार महासंघ स्याङ्जाका सदस्य तथा केन्द्रीय प्रतिनिधि रोशन लामिछानेलाई पितृ शोक परेको छ । उहाँका बुवा झलकनारायण लामिछानेको ६१ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका झलकनारायण अचानक बिरामी परेपछि पोखरामा उपचार भईरहेको थियो ।
स्वर्गीय लामिछानेका श्रीमती, दुई छोरा र एक छोरी रहेकाछन् ।
स्वर्गीय झलकनारायण लामिछानेको पार्थिव शरीरको आज रामनदी धाम राम्दीमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।
यसैबीच पत्रकार महासंघका सदस्य समेत रहेका क्रियाशिल पत्रकार रोशन लामिछानेको बुवाको निधन प्रति विभिन्न संघ संस्थाले समवेदना प्रकट गरेकाछन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शोक वक्तव्य निकाल्दै स्वर्गीय झलकनारायणको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण श्रद्धान्जली प्रकट गर्नु भएको छ ।
यस्तै नेपाल प्रेस युनियन,प्रेस चौतारी नेपाल,प्रेस सेन्टर,जनजाती पत्रकार महासंघ फोनिज लगायतले पनि समवेदना प्रकट गरेका छन् ।
यस्तै पत्रकार महासंघ स्याङ्जाले अन्तिम संस्कारका क्रममा रामनदी धाम राम्दीमा नै श्रद्धान्जली सभा समेत गरेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


