सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रशासन कार्यालय वालिङ
वालिङ, वैशाख १८ गते । इलाका प्रशासन कार्यालय वालिङले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वालिङ ९ सुर्काैँदीमा ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको हो ।
२०५७ सालमा वालिङमा स्थापित प्रशासन कार्यालय वालिङ ८ कटौँजेमा भाडामा सञ्चालन गरिँदै आएको थियो । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज हुँदै आएको भन्दै सेवाग्राहीको गुनासो थियो । साढे २ तल्ले १४ कोठे भवन अपाङ्गमैत्री बनाइएको छ भने आधुनिक प्रविधिबाट निर्माण सम्पन्न गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतमले जानकारी दिनुभयो ।

तीन करोड २२ लाखको लागतमा गएको आर्थिक वर्ष २०७८-७९ को असार सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि कोभिड लगायतको कारणबाट ढिलो गरी निर्माण सम्पन्न भएको गौतमले बताउनुभयो ।
कार्यालय प्रमुख गौतमले भन्नुभयो, “कोठा अभावका कारण दैनिक सेवा प्रवाह असहज भएको थियो । प्रशासनबाट हुँदै आएका कार्य, राष्ट्रिय परिचय पत्र निर्माण, मतदाता नामावलीलगायतका कार्य गर्न असहज हुँदै आएकोमा नयाँ भवनवाट दिइने सेवा थप प्रभावकारी हुनेछ ।”
जिल्लाका ७ पालिकालाई सेवा दिँदै आएको प्रशासनबाट औसतमा दैनिक ६० नागरिकता जारी हुने गरेको छ भने पासपोर्ट, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणितलगायतका कार्य हुँदै आएको छ । इलाका प्रशासन कार्यालय वालिङले वालिङ, गल्याङ तथा चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिकाका पुरै क्षेत्र तथा भीरकोट नगरपालिकाको वडा नं.४,५ र ९, बिरुवा गाउँपालिकाको वडा नं.५,६ र ७ तथा हरिनास गाउँपालिकाको वाड नं.४,५ र ६ कार्य क्षेत्र रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


