स्याङ्जाको नमुना बन्यो कालीगण्डकी, जहाँ नीजि बिद्यालयका विद्यार्थी नै छैनन् १२ को परिक्षा दिने ।

वालिङ,वैशाखा २७ गते ।
सरकारी बिद्यालयको गुणस्तर क्षेत्रमा उल्लेखनीय सुधार गरेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो समय नीजि बिद्यालयहरु धराशायी बन्दै गएका छन् । शिक्षाको क्षेत्रमा नमुना बन्दै गएको पालिकाले सरकारी बिद्यालयको गुणस्तरमा उल्लेखनीय सुधार गरेपछि यस बर्षको कक्षा १२ को परिक्षामा नीजि क्षेत्रका बिद्यालयका विद्यार्थीको सहभागिता नै शुन्य भएको हो ।
मंगलबारबाट शुरु भएको कक्षा १२ को बोर्ड परिक्षामा पालिकाका ७ वटा सरकारी बिधालयबाट दुई सय २५ विद्यार्थीको सहभागिता रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो । जसमध्ये १ सय ४२ छात्रा र १ सय २४ छात्र रहेका छन् । पालिकाका भगवती नमुना माध्यमिक बिद्यालय र बिरेन्द्र माध्यमिक विद्यालय परिक्षा केन्द्र रहेका छन् ।
पालिकामा ३५ वटा सामुदायिक र ४ वटा नीजि विद्यालय रहेकाछन् । पछिल्लो समय नीजि बिद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको गाउँपालिकाका अध्यक्ष खीम बहादुर थापाले जानकारी दिनुभयो । उहााले भन्नुभयो,‘हामीले सरकारी विद्यालयमा अंग्रेजी सहितको पठनपाठन शुरु गरेका छा,ैं शिक्षकलाई जिम्मेवार बनाउनुका साथै बिद्यालयमा भौतिक पूर्वाधारको समेत राम्रो व्यवस्था गरेका छौं जसको कारण सरकारी विद्यालयमा विद्यार्थीको चाप धेरै छ ।’
यसैवीच मंगलबारमा शुरु भएको कक्षा १२ को परीक्षामा स्याङ्जा जिल्लाबाट ३ हजार ९ सय ४४ विद्यार्थी सहभागी भएकाछन् ।
जेष्ठ ५ गतेसम्म चल्ने परिक्षामा जिल्ला भरका निजि तथा सरकारी बिधालयका विद्यार्थीले २१ वटा परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था मिलाइएको जिल्ला शिक्षा समन्वय इकाइ, स्याङ्जाले जनाएको छ । जसमा जिल्ला भरीको ८२ वटा सामुदायीक विद्यालयका कुल ३ हजार २ सय ५५ विद्यार्थी सहभागी रहेका छन् भने १३ वटा संस्थागत विद्यायका कुल ६ सय ९९ विद्यार्थी भएकाछन् ।

 

Facebook Comments Box
TOP