स्याङ्जाको नमुना बन्यो कालीगण्डकी, जहाँ नीजि बिद्यालयका विद्यार्थी नै छैनन् १२ को परिक्षा दिने ।
वालिङ,वैशाखा २७ गते ।
सरकारी बिद्यालयको गुणस्तर क्षेत्रमा उल्लेखनीय सुधार गरेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो समय नीजि बिद्यालयहरु धराशायी बन्दै गएका छन् । शिक्षाको क्षेत्रमा नमुना बन्दै गएको पालिकाले सरकारी बिद्यालयको गुणस्तरमा उल्लेखनीय सुधार गरेपछि यस बर्षको कक्षा १२ को परिक्षामा नीजि क्षेत्रका बिद्यालयका विद्यार्थीको सहभागिता नै शुन्य भएको हो ।
मंगलबारबाट शुरु भएको कक्षा १२ को बोर्ड परिक्षामा पालिकाका ७ वटा सरकारी बिधालयबाट दुई सय २५ विद्यार्थीको सहभागिता रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो । जसमध्ये १ सय ४२ छात्रा र १ सय २४ छात्र रहेका छन् । पालिकाका भगवती नमुना माध्यमिक बिद्यालय र बिरेन्द्र माध्यमिक विद्यालय परिक्षा केन्द्र रहेका छन् ।
पालिकामा ३५ वटा सामुदायिक र ४ वटा नीजि विद्यालय रहेकाछन् । पछिल्लो समय नीजि बिद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको गाउँपालिकाका अध्यक्ष खीम बहादुर थापाले जानकारी दिनुभयो । उहााले भन्नुभयो,‘हामीले सरकारी विद्यालयमा अंग्रेजी सहितको पठनपाठन शुरु गरेका छा,ैं शिक्षकलाई जिम्मेवार बनाउनुका साथै बिद्यालयमा भौतिक पूर्वाधारको समेत राम्रो व्यवस्था गरेका छौं जसको कारण सरकारी विद्यालयमा विद्यार्थीको चाप धेरै छ ।’
यसैवीच मंगलबारमा शुरु भएको कक्षा १२ को परीक्षामा स्याङ्जा जिल्लाबाट ३ हजार ९ सय ४४ विद्यार्थी सहभागी भएकाछन् ।
जेष्ठ ५ गतेसम्म चल्ने परिक्षामा जिल्ला भरका निजि तथा सरकारी बिधालयका विद्यार्थीले २१ वटा परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था मिलाइएको जिल्ला शिक्षा समन्वय इकाइ, स्याङ्जाले जनाएको छ । जसमा जिल्ला भरीको ८२ वटा सामुदायीक विद्यालयका कुल ३ हजार २ सय ५५ विद्यार्थी सहभागी रहेका छन् भने १३ वटा संस्थागत विद्यायका कुल ६ सय ९९ विद्यार्थी भएकाछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


