कुशासन र दण्डहीनता बिरुद्ध धर्ना

स्याङजा :

मानवअधिकार तथा शान्ति समाज स्याङजाले कुशासन र दण्डहीनता बिरुद्धको अभियान आजदेखि सुरु गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषिलाई कारवाही गर भन्दै मंगलार जिल्ला प्रशासन कार्यालय स्याङजाको प्रवेश द्धारमा आधा घण्टा धर्ना दिएको छ । सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चिता गर । मानव अधिकार मैत्री ऐन बनाउ । संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउ भन्ने बिबिन्न माग सहित धर्नाका कार्यक्रम गरेको हो । धर्नापछि बोल्दै मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद रेग्मीले भ्रष्टाचार मुक्त अभियानमा सबै जुट्नु पर्ने बेला आएको बताउनुभयो । सोही कार्यक्रममा समाजका उपाध्यक्ष भवानी अधिकारी, सचिव गंगादेवी अर्याल, कोषाध्यक्ष शान्ति ढकाल, सहसचिव हरिप्रसाद अर्याल लगायतले जबसम्म भ्रष्टाचार हुन्छ, तबसम्म मानबअधिकारको रक्षा नहुने बताउनुभयो ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP