सम्झौताको दुई वर्षपछि पुल निर्माण सुरु
स्याङ्जा :
कालीगण्डकी नदीमा सेतीबेनी मोटरेबल पुल सम्झौताको दुई वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको छ । कालीगण्डकी नदी सेतीबेनीमा २०७८ असार ३१ गते रायमाझी÷राजेश्वरी जेभीले ४५ महिनामा पुल निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।
स्याङ्जाको गल्याङ नगरपालिका–५ र गुल्मीको कालीगण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुल डिजाइनको निर्माण र स्वीकृतिमा ढिलाइ हुँदा सम्झौताको २२ महिनापश्चात् काम सुरु भएको हो । पुल महाशाखा काठमाडौँले पुल सेक्टर पोखराले अनुगमन गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।
पुल ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा निर्माण हुन लागेको छ । निर्माण व्यवसायीले आफैँ डिजाइन गर्ने गरी सम्झौता भएको मोटरेबल पुल डिजाइनको स्वीकृतिमा ढिलाइ भएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रबन्धक भागवत गिरीले बताउनुभयो । आफ्नै डिजाइन भएकाले कुनै प्राविधिक समस्या नआउने र पाइलिङको काम भइरहेकाले सम्झौताकै समयमा पुल निर्माण हुने गिरीले बताउनुभयो । सम्झौतापश्चात् पाउने १० प्रतिशत पेस्कीसमेत नपाएको बताउँदै गिरीले आफैँ निर्माणको काम अगाडि बढाएको र राज्यले समयमै बजेट व्यवस्था गरे काम सकिने बताउनुभयो । पुल निर्माणसँगै विश्वकै सबैभन्दा ठूलो शिला शालिग्राम हेर्न आउने पर्यटक तथा स्याङ्जा र गुल्मीका नागरिकलाई आवतजावतमा प्रत्यक्ष फाइदा हुने स्थानीयको भनाइ छ । यो पुलले कालीगण्डकी कोरिडोरको स्याङ्जा तथा गुल्मीको भागलाई समेत जोड्ने काम गर्ने बताइएको छ । पुल निर्माणमा ढिलाइ भए पनि निर्माण कम्पनीले राम्रोसँग मन लगाएर काम गरे समयमै काम सकिने पुल महाशाखा सेक्टर पोखराका सबइन्जिनियर श्रीकृष्ण बरालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


