विपद ब्यवस्थापन समितिमा डेंगु नियन्त्रण बारे पनि छलफल
भवानी अधिकारी,
स्याङ्जा २८ बैशाख :
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मनसुनजन्य विपदबाट प्रभावित परिवार र डेंगु रोग नियन्त्रण बारेमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिको हिजो सम्पन्न बैठकमा सहभागी बिभिन्न सरोकारवालासंगको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा उहाले मौसमजन्य विपदजन्य स्याङ्जाका १ सय ८७ घरहरु प्रभावित भएको जनाउदै सत्यतथ्य विवरण उपलब्ध गराएर राज्यद्धारा उपलब्ध सेवासुबिधा ग्रहणगरी सुरक्षित आवास निर्माणको वातावरण मिलाउने सरोकारवाला सबैलाई सुझाव दिनुभयो ।
यसैगरी, नजिकिदै गरेको गर्मी मौसममा डेंगीका प्रकोपबाट बच्नका लागि डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्ने अभियान सुरु गर्न जिल्ला स्थित सबै पालिका र सम्बन्धित कार्यालयहरु तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । मनसुनजन्य घटना पनि हुन सक्ने जनाउदै प्रजिअ घिमिरेले बिषयगत कार्यालय र स्थानीय पालिकाले विपद ब्यवस्थापनमा आवश्यक सामाग्री तयारी अवस्थामा राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, नेकपा एमालेका अध्यक्ष सूर्यप्रसाद गैह्रे, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, आँधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेल, विरुवा गाउपालिकाका अध्यक्ष सूर्य कुवर लगायतले आ आफना जिज्ञासा एवं सुझाव दिनुभएको थियो ।
सोही बैठकमा गृहमन्त्रालयका उपसचिव कृष्ण गैह्रेले जिल्ला स्थित विपदबाट प्रभावित घरको स्थलगत निरीक्षण गरेर फर्केको जनाउदै स्थलगत जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले गर्नुभएको थियो ।
सोही बैठकका जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी लगायत जिल्ला स्थित विभिन्न राजनीतिक दलहरु, कार्यालय प्रमुख, जिल्ला स्थित स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागिता थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


