अर्जुन चौपारीमा नमुना युवा गाउँ सभा कार्यक्रम
स्याङ्जा, जेठ १ गते ।
अर्जुन चौपारी गाउँपालिका –१ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ ।
चार दिनसम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुन चौपारी गाउँपालिकाले राष्ट्रिय युवा परिषद् नेपालको समन्वयमा गरिएको हो ।
युवाको नेतृत्व तथा व्यक्तित्व विकास, नमुना गाउँ सभाको अभ्यास, निर्वाचन प्रक्रिया र युवा भएर के गर्न सकिन्छ? भन्ने बारेमा सिकाउने सरकारको नीतिअनुसार कार्यक्रम गरिएको हो ।
हरेक वर्ष एक जिल्लामा एक पालिकामा प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने सरकारको कार्यतालिकाअनुसार अर्जुन चौपारी परेको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले सरकारको अपेक्षाअनुसार प्रशिक्षकसँग सिकेर व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
युवा समाज परिवर्तनको बाहक भएकाले गाउँ र समाजको परिवर्तनमा हाम्रो ठूलो जिम्मेवारी रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेत, जिल्ला युवा परिषद्का संयोजक आविष्कार क्षेत्री, वडा नं १ का अध्यक्ष रणबहादुर थापा, शिक्षा शाखा निमित्त प्रमुख कमला चापागाईँ लगायतले मन्तव्य राख्नुभएको थियो ।
नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा पालिका भित्र रहेका ६ वडाका ३० प्रशिक्षार्थीको सहभागिता छ ।
प्रशिक्षण तथा अभ्यास कार्यक्रममा आविष्कार पराजुली र रञ्जना नेपालले सहजीकरण गर्नुभएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


