स्याङ्जाको अरौंदीमा पुल बनाउन स्थानीयको आग्रह
स्याङ्जा :
वर्षा सुरु नहुँदै अरौंदीखोलामा पुल बनाउन स्थानीयले माग गरेका छन्। ठूला पुल निर्माण कार्य झन्झटिलो भएकोले तत्कालका लागि ट्रष्ट एवं बेलीब्रीज बनाएर स्थानीयलाई वारपारमा सहज बनाउन उनीहरूको आग्रह हो।
अरौंदीखोलाअन्तरगत पुतलीबजार नगरपालिका वडा न.१ र ३ जोड्ने नारायणस्थानस्थित अरौंदीखोलामा पुल बन्ने संकेत नेदेखिएपछि स्थानीय चिन्तित बनेका हुन्।
‘वर्षाको समयमा खोला बढेर वारपार गर्न समस्या हुन्छ। हिउँदमा सामान्य देखिने खोला वर्षात्मा बढेर अजंगको बन्छ। बर्सेनि लाखौं मूल्य बराबरका कृषिभूमि सहित उपज बगाउने गर्दछ। स्थानीयबासी राजेन्द्र मरासीनी भन्छन्,‘वर्षात्को भेल र बाढीलाई हिउँदमा बिर्सनाले यसवर्ष पनि हामीले जोखिम मोल्नै पर्ने भो।’
‘विगतदेखि नै प्रदेश,स्थानीय पालिका र वडामा समेत यहाँका समस्या र आवश्यकताका बारेमा जानकारी गराउँदै आएका छौं,’ तर,सुनुवाई भएन,’ उनले भने।
पुतलीबजार नगरपालिका ३ स्थित बाडखोला बजार व्यापारिक केन्द्र हो। बाडखोलादेखि जिल्ला सदरमुकाममा पुग्नका लागि यो बाटो निकै छोटो छ। वडा नं. १ र ३ बासीबीच यही खोलाले सिमाना लगाएको छ। यहाँ पुल नहुँदा छिमेकी घरमा पुग्न समेत झण्डै एक किलोमीटरको फन्को मारेर हिड्नुपर्ने अवस्था छ।
अधिकांश पैदलयात्री यही खोला तरेर आउने/जाने गर्छन्। पुतलीबजार नगरपालिका वडा न. १, ३, ४, १४ का बासिन्दाले यही बाटो उपयोग गर्दे आएका छन्। विद्यार्थी, कार्यालयका कर्मचारी, कामदार, स्थानीयबासी गरी दैनिक ४ देखि ५ सय जनाले यही खोलाको बाटो उपयोग गर्दै आएका छन्।
सदरमुकाममा अवस्थित सरकारी कार्यालय, सरकारी एवं निजीका झण्डै आधा दर्जन विद्यालय,क्याम्पसका विद्यार्थी छोटो र सजिलो बाटो भन्दै यहींबाट आवत/जावत गर्छन्। यहाँ पुल बनेमा पैदलयात्रुका लागि आधा भन्दा बढी बाटो छोटिन्छ।
अहिले सामान्य देखिएको खोला वर्षाको समयमा निकै ठूलो हुन्छ। वि.स २०५५ सालको भदौमा अरौदीखोलाले वीरेन्द्रनगर बजारसहित ५५ जना मानिस र करोडौं मूल्य बराबरको धनजनमा क्षति पुर्याएको थियो। पुतलीबजार नगरपालिकालाई आँधीखोला,अरौदीखोला, बाडखोलाले सिंचित गरेको छ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


