आँधीखोला सरसफाईको २१ औँ हप्ता

वालिङ ३१ बैसाख ।
आँधीखोला सरसफाईको २१औँ हप्ता अन्र्तगत आज वालिङ १३ स्थित आँधीखोला परिसरमा सरसफाई गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलाको अस्तित्वलाई जोगाउन यहाँका केहि युवाहरु मिलेर आँधीखोला सरोकार मञ्च गठन गरि सरसफाई अभियान शुरु गरेका थिए् । पछिल्लो समय वालिङमा बजारीकरण तथा मानिसको जनघनत्व बढेसंगै धार्मिक महत्वको आँधीखोला सरसफाई बिर्सजन स्थल बन्दै गएको छ ।
आँधीखोलालाई सफा तथा स्वच्छ राखी धार्मिक गन्त्व्यको रुपमा विकास गर्नका लागी ५ महिना अगाडि आँधीखोला सरोकार मञ्च मार्फत सरसफाई अभियान संचालन गरिएको अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । २१ हप्तासम्म आईपुग्दा यहाँका विभिन्न समुह, क्लब, सहकारी, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वालिङ ८ सुर्कौँदीबाट शुरु गरिएको सरसफाई अभियान वालिङ १३ सम्म पुगेको छ ।
१३ नं. वडाको पाठेखोला स्थित आँधीखोला किनार सरसफाईमा विभिन्न क्लब, आमा समुह तथा सर्वसाधारणको निकै उत्साहजनक सहभागिता रहेको थियो । आँधीखोला सरोकार मंचले आँधीखोला सरसफाई राख्नका लागी सरसफाई अभियानसंगै जनचेतनामुलक ¥याली, माईकिङ समेत गरी नागरिकस्तरमा चेतनाको विकास गर्ने प्रयास गरिरहेको छ ।
श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको आँधीखोलाको धार्मिक महत्व रहेतापनि सहि संरक्षण तथा संर्वद्धन हुँन नसक्दा खोलाको महत्व कम हुँदै जाने, खोलामा भएका जलचर प्राणी संकटमा आउने र वातावरणीय प्रदुषण हुने भन्दै युवाहरुले सरसफाई तथा संरक्षण अभियानलाई निरन्तरता दिएका हुन् ।
Facebook Comments Box
TOP