मिलन बचतद्वारा आयोजित बृहत निःशुल्क शिविरमा ६७२ जनाले लिए स्वास्थ्य सेवा

वालिङ :
सहकारीहरु नाफा कमाउने मात्र होईन सामाजिक उत्तरदायित्व पनि बहन गर्छन भन्ने उदाहरण स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१३ झलुङ्गे स्थित मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देखाएको छ ।
मानिस स्वास्थ्य हुनु पर्ने र त्यस पछि मात्रै धन कमाउन सकिन्छ भन्ने मान्यतालाई सहकारीले महत्व दिएर ग्रामिण क्षेत्रका सर्वसाधारणमा स्वास्थ्यको पहुँच पु¥याउने अभियान अन्र्तगत बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ ।
भूपू सैनिक शान्ति प्रिय एकेडेमीमा भएको शिविरको उद्घाटन गर्दै सहकारीका जेष्ठ शेयर सदस्य धनश्याम पाठकले भन्नु भयो,‘यतिबेला ग्रामिण क्षेत्रमा युवा जनशक्तिको अभाव भएको र जेष्ठ नागरिकलाई हेरचाह गर्ने व्यक्तिको अभाव र आर्थिक समस्याले स्वास्थ्य संस्था सम्म पुग्न नसक्नेहरुका लागि शिविर प्रभावकारीे रहन्छ ।’
सहकारीले यस क्षेत्रको मनोभावनालाई बुझेर जसले स्वास्थ्य उपचारका लागि बृद्वभत्ता बुझेर अस्पताल सम्म पुग्नु पर्ने समस्या छ अथवा आफूमा रहेको रोगलाई लुकाएर बर्षाै सम्म व्यक्त गर्न नसक्नेहरुका लागि समेत यस्ता शिविर फलदायी बन्ने उहाँको भनाई छ ।
कार्यक्रममा कन्सल्टेन्ट,अर्थाेपेडिक एण्ड ट्रमा सर्जन बुटबलका डाक्टर लक्ष्मण शर्मा तथा वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमल पाण्डेयले ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने अभियानमा सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा सहकारीका बरिष्ठ उपाध्यक्ष एवम् बृहत निःशुल्क स्वास्थ्य शिविरका संयोजक प्रकाश डुम्रेले स्याङ्जाको पुतली बजार, वालिङ,गल्याङ,कालीगण्डकी लगायतका क्षेत्रमा प्रभावकारी स्वास्थ्यको पहुँच नहुदा छिमेकी जिल्ला कास्की, काठमाण्डौ,पाल्पा र रुपन्देही जस्ता सहरमा जानु पर्ने बाध्यतालाई मध्यनजर गरेर गाउँमा नै शिविरको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँ यतिबेला जेष्ठ नागरिकले भरिनु भएको छ बालवालिका शिक्षाको खोजीमा सहर बजार युवा पुस्ता रोजगारीको सिलसिलामा विदेशीए पछि गाउँ खालि जस्तै भएको र भएका जेष्ठ नागरिकले प्रभावकारी स्वास्थ्य सुविधा समेत पाउन नसक्ने अवस्था छ। ’
शिविरमा हाडजोर्नी, नसा तथा बाथरोग, महिला तथा स्त्रीरोग, छाला तथा यौनरोग एवम् प्रजनन स्वास्थ्य, सुगर, प्रेसर, दम रुघाखोकी सम्बन्धि उपचार तथा परामर्श, जनरल फिजिसियन तथा विभिन्न रोगहरुको परिक्षण साथै परामर्शमा शिविरमा ९ जना विशेषज्ञ सहितको डाक्टरले सेवा प्रवाह गर्नु भएकोमा महिला ३ सय ८७ (सत्तासी) र पुरुष २८५ गरी जम्मा ६७२ जना बिरामीहरुले सेवा लिनु भएको थियो ।
सहकारीका अध्यक्ष गोविन्द्र प्रसाद न्यौपानेको अधयक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बृहत निःशुल्क स्वास्थ्य शिविरका संयोजक प्रकाश डुम्रेले र कार्यक्रमको सञ्चालन सहकारीका सचिव इश्वरी प्रसाद गैह्रेले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…