सिर्जनात्मक कार्यसंगै विकास निर्माण अभियानमा जुटौंः समन्वय प्रमुख जिटी
गल्याङ १०,बैशाख :
जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद जिटीले कला र गला संस्कृतिको संरक्षण गर्दै मानिसले मनोरञ्जनका साथ विकास निर्माण अभियानमा युवाहरुले खेलेको भूमिका प्रसशनीय भएको र युवाहरुको एकताले समृद्धिको आधार भएको कुरा बताए ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ तल्लोगल्याङ स्थित खेल मैदानमा गल्याङ जेसिजद्वारा आयोजित प्रथम गल्याङ जेसिज रमाइलो मेला २०७९ को समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
प्रमुख अतिथि जि.टीले भन्नु भयो युवाहरु एकताबाट नै यो मुलुक परिर्वतन गर्न सम्भव रहेको र युवाको एकता आजको आवश्यकता भएको बताउदै युवाहरुको जोस र जवानीलाई सहि रुपमा प्रयोग गरेर सिर्जनात्मक,रचनात्मक , उत्पादनका क्षेत्रमा लगानी गर्न सकियो भने मात्रै मुलुकको समृद्वि सम्भव भएको कुरा बताउनु भयो ।
आर्थिक समृद्विका लागि युवा अभियानका लागि व्यक्तित्व र नेतृत्व विकास संगै सामाजिक अभियानमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै शान्तिपूर्ण रुपमा सब्य र भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको प्रति धन्याद दिनु भयो ।
उहाँले गल्याङ नगरपालिकाको बिकासका लागि नगर प्रमुखसँग समन्वय गरेर युवाहरुले साथ दिएर अगाडि वढ्न आग्रह गर्दै स्थानीय उत्पादन र सस्कृतिको संरक्षण र पवर्धन हुनेमा आफु बिस्वस्त रहेको जिकिर गर्नुभयो।
२०७९ चैत्र ३० गते देखि २०८० बैशाख ९ गते सम्म १० दिन चलेको मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा बाल उद्यान रमाइलो मेलाको मुख्य आकर्षण रहेको थियो। भने करिव ५० हजार दर्शकले मेलाको अबलाकन गरेको आयोजकले जनाएको छ । यसैगरी कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी एवम् विक्री वितरण गरिएको थियो । जिल्ला स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, भजनकृर्तन प्रतियोगिता, रत्यौली प्रतियोगिताको समेत आयोजना गरिएको मेलामा टिकटको मूल्य साधारण तर्फ रु ७० राखिएको छ भने विद्यार्थीका लागि ५० र जेष्ठ नागरिकका लागि निःशुल्क गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गल्याङ जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी ऋषि बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ जेसीज वर्ष २०२२का अध्यक्ष विष्णु अधिकारीले र आस्थापाठ प्रेम नारायण रेग्मीले र कार्यक्रमको सञ्चालन महासचिव जेसी ज्ञानेन्द्र पाठकले सञ्चालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


