आजदेखि एसईई शुरू
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएकाेछ। परीक्षा बिहान ८ बजेदेखि शुरू भएकाे हाे।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार‚ यस वर्ष सामुदायिक र संस्थागत गरी १२ हजार ८३ ओटा विद्यालयका चार लाख ८५ हजार ३८६ जना विद्यार्थीले एसईई दिंदैछन्। जसमध्ये छात्रा दुई लाख ४२ हजार ७१२ र छात्र दुई लाख ४२ हजार ६७४ रहेको कायममुकायम परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। कुल परीक्षार्थीमध्ये प्राविधिक धार समेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी समेत परीक्षामा सहभागी हुने छन्।
परीक्षाका लागि दुई हजार ३७ परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७,९९२ जना जनशक्ति प्रत्यक्ष परीक्षा केन्द्रमा खटिने जनाइएको छ।
परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै तयारी भएको कायममुकायम परीक्षा नियन्त्रक श्रेष्ठले बताए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


