स्याङ्जामा एसइईका ४ हजार ४८१ परीक्षार्थी

SEE

भवानी अधिकारी ,
स्याङ्जा १६ चैत । शुक्रवार (भोली) देखि सुरु हुने एसईईमा स्याङ्जाका ४ हजार ४८१ परिक्षार्थी छन्।
ती मध्ये २ हजार २९४ जना छात्र र २ हजार १८७ जना छात्रा रहेको जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिए।
प्रमुख आचार्यका अनुसार, ‘सामुदायिकतर्फ १३३ र संस्थागतर्फ ३६ बिद्यालय सहभागी हुदैछन्। सामुदायिकतर्फ ३ हजार ५७७ र संस्थागततर्फ ९०४ जना परिक्षार्थी छन्।’
सामुदायिकका ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिका र संस्थागत बिद्यालयका ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिका परिक्षार्थी हुन्।
सोही अन्र्तगत प्राविधिकतर्फ १ सय ७३ जना परिक्षार्थी छन्। कम्प्यूटर इन्जिनियरिङतर्फ ६४ र बालीविज्ञानतर्फ ७३ जना।
परिक्षाकालागी ३४ वटा परिक्षाकेन्द्र र केन्द्राध्यक्ष तोकिएका छन्। पैतालीस् जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ जना निरीक्षक, ४९८ परिक्षा सहायक, ३४ जना कार्यालय सहयोगी खटाईने भएको छ।
उत्तरपुस्तिका सबै परिक्षाकेन्द्रमा र प्रश्नपत्र सुरक्षा सुरक्षाकर्मीको संरक्षणमा पुगीसकेको प्रमुख आचार्यले बताए।
परीक्षालाई बिधिपूर्वक, मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्नेका लागि सबै केन्द्राध्याक्षलाई परिक्षा संचालन सम्बन्धी तालिम प्रदान गरिसकेको शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ।

 

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP