मदिरा व्यवसायी संस्था स्याङ्जामा पुनः पराजुली
भवानी अधिकारी,
स्याङ्जा ११ चैत :
मदिरा व्यवसायी संस्था स्यङ्जाको दोस्रो अधिवेसनले पुनः खिमानन्द पराजुलीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गणेश अर्याल, सचिवमा जिवलाल बसेल जिवन, कोषाध्यक्ष नरेन्द्र पौडेल सुजन छन् ।
सदस्यहरुमा कृष्णप्रसाद अर्याल, हौमाया गुरुङ, सुशिल अर्याल, नविन गैह्रे र विशाल पाण्डे निर्वाचित भए ।
केन्द्रिय प्रतिनिधिमा रविन केसी र प्रदेश प्रतिनिधिमा सुर्यप्रसाद शर्मालाई चयन गरिएको छ ।
तेस्रो साधारणसभा तथा दोश्रो अधिवेसनको उद्दघाटन गर्दै मदिरा व्यवसायि महासंघका केन्द्रिय महासचिव तारानाथ ढुंगानाले मदिरा व्यवसायिहरुको हकहित र व्यवसायिक अधिकारका क्षेत्रमा आफु लगायत सिंगो महासंघ प्रतिवद्ध रहेको बताए ।
ऋणधन गरेर संचालन गरेको ब्यवसायमा धक्का लगाउनेगरी गैह्रकानुनी रुपमा भित्रिएका मदिरा आयात तथा बेचविखन नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । प्रचलित निती, नियमलाई आधार बनाई कानुन संवत प्रक्रिया पुरयाएर मात्र मदिरा व्यवसायी संचालन गर्न उनले सुझाव दिनुभयो ।
प्रायोजन एपि डिस्टीलरी प्रालिका क्षेत्रीय प्रबन्धक प्रीतम गिरी, मदिरा व्यवसायी महासंघका उपाध्यक्ष गोपाल सापकोटा, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका कोषाध्यक्ष नवराज सुवेदी, मदिरा व्यवसायि संघ काठमाडौका अध्यक्ष राजन केसी, कास्कीका अध्यक्ष डिल्लीराम पनेरु, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष सुनिता पौडेल, बजार विक्रि प्रतिनिधि नारायाणप्रसाद ढकाल, संघका काठमाडौका निर्वतमान अध्यक्ष गोविन्द बराल, स्याङ्जा वितरक संघका अध्यक्ष सुर्यप्रकाश शर्मा, ब्यवसायी नारायणप्रसाद रेग्मी लगायतले ब्यवसायिक कठिनाईका बारेमा सुझाव दिए ।
मदिरा व्यवसायी संघका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गणेश अर्यालले स्वागत एवं सचिव रविन केसीले संचालन गरेका थिए । सोही कार्यक्रममा कोषाध्यक्ष सुजन पौडेलले आर्थिक प्रतिवेदन, सचिवले सांगठनिक प्रतिवेदन, अध्यक्षले अघिल्ला कार्यकालका योजना र भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


