विश्व हिन्दु महसंघ स्याङ्जाको अध्यक्षमा पाण्डे ।

वालिङ १२ चैत्र ।
विश्व हिन्दु महसंघ नेपाल स्याङ्जा शाखाको अध्यक्षमा पुनः हरिहर पाण्डे चयन हुनु भएको छ । दोस्रो जिल्ला अधिवेसनले पुनः पाण्डेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा ज्ञानेश्वर वस्ताकोटी (राधेराधे), द्धितिय उपाध्यक्षमा पुष्पकमल रेग्मी, तृतिय उपाध्यक्षमा प्रेमराज पौडेल तथा महिला उपाध्यक्षमा चण्डिका सापकोटा अर्याल रहनुभएको छ । त्यस्तै सचिवमा भुपराज बगाले, कोषध्यक्षमा मैयादेवी लम्साल पौडेल, सह सचिवमा शोभाकान्त रिमाल, मुकुन्दप्रसाद पौडेल रहनुभएको छ भने सदस्यहरुमा नुवादत्त रेग्मी, चुडामणि रेग्मी, कृष्ण मल्ल खाँण, हरिप्रसाद बगाले (लोकनाथ), रामभक्त भट्टराई, ढालप्रसाद पौडेल, ध्रुवराज उपाध्याय र यदुनन्दन अर्याल रहनुभएको छ ।
यसअघि अधिवेसनको उद्दघाटन गर्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले नेपाललाई हिन्दु राष्ट्र नै कायम राख्न्ुपर्ने बताउनुभयो । सबैलाई समेट्दै हिन्दुहरुले नेपालको नेतृत्व गर्नुपर्ने भन्दै हिन्दु धर्म र संस्कारको जर्गेना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरका पुर्व मेयर दिलिपप्रताप खांण, शंकरप्रसाद पाण्डे, पुण्यप्रसाद तिमिल्सिना, पुर्व मेयर लालचन गह्रै, महासंघका गण्डकी प्रदेश उपसभापति जगदिशप्रसाद गैह्रे, लक्ष्मण भट्टराई, लेखनाथ वस्ताकोटी, भरतप्रसाद बगाले, वडा अध्यक्ष डण्डपानी पंगेनी, पशुपति पाण्डे, प्रेमराज पौडेल, जिल्ला कोषाध्यक्ष सरिता पौडेल, सिताराम अधिकारी, रोशन दर्जी, पुर्णबहादुर थापा, नारायण विक, खेमराज अर्याललागयतले बोल्नुभएको थियो ।

Facebook Comments Box
TOP