गौसंरक्षणका लागी आयोजित महायज्ञमा झण्डै ७० लाख बचत ।
वालिङ :
वालिङमा गौसंरक्षणका लागी आयोजित महायज्ञमा झण्डै ७० लाख बचत भएको छ । वालिङ खेलमैदानमा फाल्गुन १ गतेदेखि ७ गतेसम्म संचालित महायज्ञमा भएको खर्च तथा आम्दानीको सार्वजानिकिकरण गरिएको छ ।
श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा संचालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ मा ८८ लाख ४४ हजार २२७ रुपैँया संकलन भएको र १८ लाख ७३ हजार ३५८ रुपैँया खर्च कटाएर ६९ लाख ७० हजार ९२९ रुपैँया वचत भएको हो ।
महायज्ञको आयव्याय सार्वजानिक गर्दै महायज्ञ मुल आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले महायज्ञमा वचत रकममा थप गरी दिगो गौसंरक्षणका लागी अक्षयकोष स्थापना गरि सार्वजानिक रुपमा छाडिएका गाईहरुको संरक्षण गरिने बताउनुभयो ।
गाईको दानापानी, घासँ तथा गाई हेरालुको समेत गरी मासिक लाखौँ खर्च हुने भएकाले व्यवस्थित रुपमा दिगो तरिकाले गाई व्यवस्थापनका लागी आयोजित महायज्ञ समग्रमा सफल भएको उहाँले बताउनुभयो । महायज्ञमा वचत रकममा अन्य सहयोगी दाताहरुबाट समेत संकलन गरी १ करोडको अक्षयकोष स्थापना गरी उक्त कोषबाट आउने ब्याजले गौशाला संचालन गरिने संयोजक खांणले बताउनुभयो । वचत भएको रकमहरु ३९ लाख ४ हजार ८८० रुपैँया गरिमा विकास बैंकमा, वालिङ प्रडक्ट होल्डिङ सहकारी संस्थामा २७ लाख ८५ हजार ९९२ रुपैँया राखिएको छ भने २ लाख ७९ हजार ६५७ रुपँैयाको चेक सटही गर्न बाँकि रहेको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

आम्दानीतर्फ दान रसिदबाट ८५ लाख ६६ हजार ९५१, दान पेटिकाबाट २ लाख ४५ हजार २५४, बैंक टान्फरबाट ३२ हजार १० रुपैँया गरी ८८ लाख ४४ हजार २२७ रुपैँया रहेको छ भने खर्च तर्फ टेन्ट तथा साउण्ड सिष्टम ४ लाख ५ हजार, वैदिकतथा सांगितिकतर्फ दक्षिणा ५ लाख ८० हजार, फर्निचर ३५ हजार, सम्मानफ्रेम ९६ हजार, पुजा सामाग्री १५ हजार ११५, रामनामीगम्छा १लाख ४ हजार ८७५, छपाई तथा स्टेस्नरी १ लाख ४१ ह्जार, प्रचारप्रचार ७५ हजार ५ सय, इन्धन ४१ ह्जार ८७५, ज्याला ४४ हजार ५००, खानेपानी २१ ह्जार ७००, विद्युत तथा तारहरु ८ हजार २५९, मन्दिर निर्माण हवन कुण्ड ४० हजार २४१, ढुवानी २१ ह्जार ७००, दुध तथा दही १०हजार १०५, प्रसाद ७९ हजार ४५, इन्टरनेट १२ सय, अन्य खर्चमा १ लाख २६ हजार ७२८, गौशालाको भुक्तानी २५ हजार ५ सय रहेको छ । त्यस्तै दान पेटिका ५थान, रामनामी गम्छा ३१६ थान, चामल २.५ क्वीन्टल, धान १.५ क्वीन्टल, छापिएका सामाग्री ४००० थान, पी फर्म ५ मिटर मौज्दान रहेको कोषाध्यक्ष श्रेष्ठले सार्वजानिक गर्नुभएको आयव्यायमा उल्लेख गरिएको छ ।
बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालन तर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षण गर्दै गाईको महत्वका बारेमा जानकारी दिन महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रम महायज्ञ मुल समितिका संयोजक खांणको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


