गतिशील महिला सहकारीले सञ्चालनमा ल्यायाे अन्नपूर्ण खाद्यान्न उद्योग ।

Annapurna Kgadyanna Gatishil waling opening

वालिङ,फागुन २८ गते :
महिलाहरु मात्रै सदस्य रहेको गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले खाद्यान्न उद्योग सञ्चालनमा ल्याएको छ । वालिङ नगरपालिका वडा नं. ६ मा मा स्थापना गरिएको उद्योगले उत्पादन शुरु गरेको हो । झण्डै १० हजार शेयर सदस्य रहेका सहकारीका सदस्यहरुको सक्रियतामा उद्योगको स्थापना गरिएको सहकारी संस्थाले जनाएको छ ।
उद्योगबाट चामल, आँटा लागयतका विभिन्न खाद्यान्नहरु अन्नपूर्ण ब्राण्डबाट बजारमा आउनेछन् ।
उद्योगको औपचारिक शुभारम्भ गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले महिलाहरुद्धारा संचालित संस्थाले धेरै सफलता प्राप्त गरेको बताउनु भयो । सहकारी बचत तथा ऋण कारोबार संगै उत्पादनमा क्षेत्रमा लाग्नु निकै अनुकरणीय तथा उदाहरणीय रहेको जिटीको भनाई छ । स्थानीय स्तरमा उपलब्ध खाद्य वस्तुहरुको उपयोग गरी उद्योगले स्वच्छ तथा अर्गानिक खाद्य वस्तुहरु उपभोक्ता कहाँ पु¥याउनुपर्ने भन्दै प्रमुख जिटीले स्थानीय ब्राण्डको उपयोग गरी प्रोत्साहन गर्नुपर्नेेमा जोड दिनुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले सहकारीले उत्पादनका क्षेत्रमा लगानी गर्नु निकै प्रशंसनीय रहेको बताउनु भयो । महिलाहरु आर्थिक रुपमा सवल नभई समग्र समाजको विकास नहुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा वडाहरुको तर्फबाट वालिङ १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, सहकारीहरुको तर्फबाट उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद बगाले, समाजसेवी अर्जुनप्रसाद खनाल, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, पाईनियज एकेडेमीका पिन्सीपल मेघराज गैह्रे, महिला उद्यमी दुर्गा न्यौपाने लगायतले बोल्नुभएको थियो ।


सहकारी मार्फत उद्योग सञ्चालन गर्दा सामुहकिताको भावना हुने भन्दै आफूहरुले खाद्यान्न उद्योग सचालन गर्न लागेको सहकारीका अध्यक्ष तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । महिलाहरुको सक्रियतामा नै उद्योग सञ्चालनमा आउन लागेको उहाँको भनाई छ ।
महिलाहरुले सानो सानो रकम सहकारीमा बचत गर्ने गरेकाछन् अध्यक्ष तिवारीले भन्नुभयो,‘महिलाहरुले जम्मा गरेको सानो सानो रकमको सदुपयोग गरेर उद्योग स्थापना गरिएको हो’ । महिलाहरुले पनि सहकारी मार्फत उद्योग खोल्न र सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण दिन आफूहरुले उद्योगको स्थापना गरेको तिवारीको भनाई छ ।
सवै शेयर सदस्यहरु लगानी कर्ता र उद्योगको धनी हुने गरी सहकारीले ४ करोड ३५ लाखको लागतमा अन्नपूर्ण खाद्यान्न उद्योग सञ्चालन गर्न लागेको हो ।


घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने लगायतका काममा व्यस्त रहने महिलाहरु अव उत्पादन र बजारीकरणमा व्यस्त रहने संस्थाका सदस्य कविता भुसाालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘उद्योग सञ्चालनको कुरा गर्दा शुरु शुरुमा डराउने गरेका महिलाहरु अहिले भने उत्साहित भएर उद्योगको व्यवस्थापनमा लागेकाछन् ।’
संस्थाका अध्यक्ष तथा नगरउपप्रमुख कविता तिवारी गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालन सचिव इन्दिरा अधिकारी र स्वागत सदस्य भगवती शर्माले गर्नुभएको थियो ।

Facebook Comments Box
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि

वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…

TOP